लायन्स क्लव अफ पोखरा सृजना चौतारीको पदस्थापन सम्पन्न दीपकले सम्हाले कार्यभार
दीपकले सम्हाले कार्यभार
पाेखरा | भदौ ८, २०८०

लायन्स क्लव अफ पोखरा सृजना चौतारीको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लव स्थापना दिवसको दिन भदौ ७ गतेको अवसर पारेर तीन महिना अघि निर्वाचित दीपक तिमिल्सिना नेतृत्वको कार्यसमितिलाई पदस्थापन गरिएको हो । लायन्स क्लवमा पदभार सम्हाल्नु तीन महिना अघि निर्वाचित हुने प्रावधान छ । सो अनुसार जुलाई एक तारिखका दिन निर्वाचित तिमिल्सिनालाई निवर्तमान अध्यक्ष जनकबहादुर कार्कीले शुक्रबार साँझ एक विशेष कार्यक्रमका बीच पदभार हस्तान्तरण गरेका थिए ।
पदभार ग्रहण गरेपछि अध्यक्ष तिमिल्सिनाले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । आफ्नो कार्यकालमा कुल २६ वटा कार्यक्रम बनाएकोमा १४ वटा सम्पन्न गरिसकेको र बाँकी १२ वटा कार्यतालिका बनाएर गर्ने योजना रहेको उनले जानकारी गराए । आगामी कार्यकाललाई स्वर्णिम बनाउनका लागि उनले मधुमेह सचेतना कार्यक्रम, सरसफाई कार्यक्रम, देउसीभैलो कार्यक्रम, मिर्गौला पीडितलाई सहयोग, लायन्स क्वेष्ट कार्यक्रम, न्यानोकपडा वितरण, स्टेसनरी वितरण, अन्र्तराष्ट्रिय ईसामे डिष्ट्रिक्ट कन्भेन्सनमा सहभागिता, वनभोज कार्यक्रम, शुभकामना आदानप्रदान, पिस पोष्टर कार्यक्रम र गभर्नर क्लव भिजिट कार्यक्रमको तालिका निर्धारण गरेर त्यसको संयोजकसमेत घोषणा गरे ।
कार्यक्रममा केक काटेर क्लवको स्थापना दिवस मनाइएको थियो भने नया सदस्यहरुलाई स्वागतसहित सदस्यता वितरण गरिएको थियो । सो अवसरमा क्लवले भरत अधिकारी र कृष्ण लामिछानेलाई ह्वीलचेयर प्रदान गरेको थियो भने अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) मार्फत दृष्टिविहीनहरुलाई वितरण गर्नेगरी २० वटा सेतो छडी प्रदान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर हरिप्रसाद मरहठ्ठाले लायन्स क्लव अफ सृजना चौतारी सामाजिक कार्यमा अब्बल क्लव भएको भन्दै क्लव र अध्यक्ष दीपक तिमिल्सिनाको प्रशंसा गरे ।
कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठ, पिएमसिसी प्रेमबहादुर श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष बालकृष्ण बराल, निवर्तमान अध्यक्ष जनकबहादुर कार्की, पूर्व अध्यक्ष बिना गुरुङ, चिफ एडभाईजर प्रजापती बास्तोला, सहायक चिफ एडभाईजर मधुसुदन कोईराला, जिएलटी कोअर्डिनेटर सन्तोष घिमिरे, रक्तदान कार्यक्रम संयोजक जितबहादुर थापा –गोपाल), ईनसामे चिफ जीवन गोर्खाली, लगायतले क्लवहरु मध्ये सृजना चौतारीले आफूभन्दा कम भाग्यमानी तथा सिमान्तकृत समुदायको हितमा अनुकरणीय कार्य गरेको बताए ।
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पु...