टिपरले ठक्कर दिँदा डाक्टरको मृत्यु

मोरङ | भदौ १२, २०८०

टिपरले ठक्कर दिँदा डाक्टरको मृत्यु

मोरङको उर्लाबारीमा टिपर र मोटरसाइकल जुध्दा  एक जना चिकित्सकको मृत्यु भएको छ।

 

दुर्घटनामा  सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु भएको हो। 

 

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार पूर्व(पश्चिम राजमार्गको उर्लाबारी–४ स्थित  ओम  सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई बिहान सवा छ बजे टिपरले ठक्कर दिएको थियो। डाक्टर यादव पूर्वतिर गइरहेका थिए भने टिपर पश्चिम गइरहेको थियो। टिपरले यादव सवार  प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई   प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए। 

 

‘लगत्तै मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उहाँलाई उपचारका लागि पुर्याइयो, चिकित्सकले ६:५० मा मृत घोषणा गरे’, डिएसपी दाहालले भने।

 

उनका अनुसार टिपर चालक झापा  मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई  प्रहरीले नियन्त्रणमा लिएको छ। 

बाँके:  बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच ट...

थप पढ्नुहोस्

मुस्ताङ: उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ ।  लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत ...

थप पढ्नुहोस्

पोखरा:  पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ ।  नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...

थप पढ्नुहोस्