मगर सांस्कृतिक संघ कास्कीको साधारणसभामा विभिन्न व्यक्तित्व सम्मानित
पाेखरा | भदौ १२, २०८०

पोखरा: नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीको सातौ वार्षिक साधारण सभाको अवसरमा समुदायलाई योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्र बहादुर थापामगरले नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापामगर, हास्यकलाकार तथा नेपाल मगर सांस्कृतिक संघका संस्थापक अध्यक्ष दिपक थापामगर, नृत्य निर्देशक घनश्याम पुनमगर, पोखरा महानगरपालिका सदस्य भिम कुमारी पुनमगरलाई खादा, मालाले सम्मान गरे ।
सो अवसरमा बोल्दै वनमन्त्री थापामगरले संस्कृतिको संरक्षण गर्ने समय आएको बताए । उनले मगर समुदाय संस्कृतिमा धनि रहेको बताउदै उजागर र संरक्षणको जिम्मेवारी कलाकारहरुको काधमा रहेको धारणा राखे ।
उनले देश विकास सवालमा पनि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउदै आगामी दिनमा पनि सोही अनुरुप लाग्नुपर्ने बताए । उनले फरक प्रसंगमा बोल्दै जातिय सद्भाव कायम गर्न सबैले विवेक पुर्याएनुपर्ने भएकाले अराजकता तर्फ उन्मुख हुन नहुने बताएका थिए ।
सो कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगर, कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष फुलकुमारी थापा मगर, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगर, पत्रकार शान्ति गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा मगर समुदायमा प्रचलित सांस्कृतिक नृत्यहरु कौरा, घाटु, सालैजो प्रस्तुत गरिएको थियो ।
सभाको बन्दसत्रमा कोषाध्यक्ष सोममाया आलेमगरले आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सचिव बसन्ती थापामगरले प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष सरिता सारुमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममाा उपाध्यक्ष दिलु फगामी मगरले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव बसन्ती थापामगर र सहसचिव रामचन्द्र थापा मगरले सँयुक्त रुपमा गरेका थिए ।
काठमाडौं: संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा गरिएको गडबडी छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन भएको छ । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमाल...
पोखरा: गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्य...
पोखरा: पोखराको दुई स्थानबाट १७ जना जुवाडेलाई ४ लाख बढी नगदसहित कास्की प्रहरीले गरेको छ । पोखरा महानगरपालिका–१० रक्षामार्गबाट ९ जना र पोखरा–१५ घलेचोकबाट ८ जनालाई जुवातास खेलिरहेको ...