लुम्रे–सिदिङ सडकखण्ड एकसातादेखि अवरुद्ध, स्थानीयलाई सास्ती

पाेखरा | भदौ १२, २०८०

लुम्रे–सिदिङ सडकखण्ड एकसातादेखि अवरुद्ध, स्थानीयलाई सास्ती Photo: Ram Gurung

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका (८ र ९ जोड्ने) लुम्रे –सिदिङ जोड्ने मनिलालमार्ग दुइसातादेखि अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।

 

माछापुच्छ्रे गाउँपालिका ८ र ९ जोड्ने  लुम्रे– सिदिङ मनिलालमार्ग सडकखण्डमा पहिरो जाँदा एकसातादेखि सडक अवरुद्ध भएको वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । 

 

स्थानीय बेलबहादुर गुरुङ अनुसार मनिलालमार्गमा पर्ने लुम्रे र घलेलबीचमा चट्टानसहितको पहिरो गएको छ । जेसिभीले उक्त पहिरो पन्छाउन नसक्ने र स्काभेटर नै प्रयोग गर्न पर्ने भएकाले केही समय लाग्ने उनले बताए । 

 

‘मनिलालमार्ग पर्ने सडकखण्डमा ठाउँठाउँमा पहिरो गएका कारण सडक एकसाता देखि अवरुद्ध भएको छ’, गुरुङले भने, ‘लुम्रे–घलेल, भाङखोला–ल्वाङ जाने सडकखण्ड र ल्वाङ– चिया बगानतर्फ जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।’

 

लुम्रे–घलेल हुदै सिदिङ जोड्ने मनिलालमार्ग एकसातादेखि अवरुद्ध हुँदा स्थानीय व्यापारीसँगै स्थानीयहरु मर्कामा परेकाले सडक खुलाउन समन्वय भइरहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । 

 

‘वर्षाका कारण लुम्रे– सिदिङ सडकखण्ड अवरुद्ध हुँदा ८ र ९ वडाको सम्पर्क नै टुटेको छ, स्थानीय, पर्यटकहरुलाई पैदल हिड्न पनि समस्या भएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘पहिरोसँगै चट्टान पनि सडकमा रहेकाले जेसिभिले उक्त चट्टान फाल्न सकिदैन्, स्काभेटर नै चाहिन्छ त्यसैले हामीले निर्माण व्यवसायीसँग सडकखण्ड खुलाउन समन्वय गरिराखेका छौं ।’
 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्