न्यूयोर्कको ला गार्डिया विमानस्थलमा एयर क्यानडाको विमान र ट्रक ठोक्कियो
काठमाडाैं | चैत ९, २०८२
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।
संघीय उड्डयन प्रशासन (एफएए) ले सो घटनापछि विमानस्थलमा हुने उडान र अवतरणमा रोक लगाउँदै ‘ग्राउन्ड स्टप’ जारी गरेको छ।
न्यूयोर्क सिटी दमकल विभागका अनुसार स्थानीय समय अनुसार राति करिब ११:३८ बजे धावनमार्गमा विमान र ट्रक ठोक्किएको सूचना प्राप्त भएलगत्तै उद्धार टोली परिचालन गरिएको थियो।
उक्त विमान एयर क्यानडाको उडान नम्बर ८६४६ रहेको र यसलाई क्षेत्रीय वाहक ज्याजले सञ्चालन गरिरहेको उडान ट्र्याकिङ साइट ‘फ्लाइट राडार २४’ ले जनाएको छ। ७६ सिट क्षमताको मित्सुबिसी सीआरजे-९०० मोडलको उक्त विमान मोन्ट्रियल ट्रुडो अन्तर्राष्ट्रिय विमानस्थलबाट राति साढे १० बजे उडेको थियो।
विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) बाट प्राप्त अडियो रेकर्डिङमा दुर्घटनाको भयावह क्षण कैद भएको छ। रेकर्डिङमा कन्ट्रोलरले एउटा अपरेसन ट्रकलाई धावनमार्ग पार गर्ने अनुमति दिएको केही सेकेन्डमै ‘रोक’ भन्दै कराएको सुनिन्छ। तर त्यतिन्जेल विमान र ट्रक ठोक्किसकेका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विमानको ककपिटको अघिल्लो भागमा ठूलो क्षति भएको र आपतकालीन सवारी साधनहरूले विमानलाई घेरेको देखिन्छ।
दुर्घटनाको समयमा विमानस्थल आसपासको क्षेत्रमा हल्का वर्षा र कुहिरो लागेका कारण दृश्यता कम भएको र मौसम खराब रहेको बताइएको छ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

