रसुवागढी नाकाबाट एक किलो सुनसहित महिला पक्राउ

काठमाडाैं | भदौ १७, २०८०

रसुवागढी नाकाबाट एक किलो सुनसहित महिला पक्राउ

रसुवा: रसुवागढी नाकाबाट एक किलो सुनसहित एक महिला पक्राउ परेकी छिन् । गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमकी ४१ वर्षीया पाछेमु तामाङ हिजो मितेरी पुलबाट पक्राउ परेकी हुन् ।

 

केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

 

सुन ल्याउने महिला बिरामी देखिएकाले सुरक्षाकासाथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको तामाङले बताउनु भयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्