पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न
पाेखरा | भदौ १८, २०८०
नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुड।ले उद्घाटन गर्नु भएको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी बिश्व बिद्यालयको उपकुलपती गणेशमान गुरुड।को सभापतित्वमा सम्पन्न भएको हो । । नेपालमा सुशासन र सामाजिक रुपान्तरण सम्बन्धी उक्त अन्तराष्ट्रिय सम्मेलनमा नेपालका बरिष्ठ समाजशास्त्री तथा भारत, चिन, बेलायत, जापान, नर्वे र अमेरिका लगायतका मुलुकबाट ५६ कार्यपत्र प्रस्तुत भएका थिए । जसमध्य अधिकांस प्रतक्ष फिजिकल्ली र केही हाइब्रिड अर्थात अनलाइनबाट कार्यपत्र प्रस्तुत भएका थिए ।
डेड सय समाजशास्त्रीहरु प्रतक्ष भेला भएको सो कार्यक्रम यही भाद्र १५, १६ र १७ गते अर्थात सेप्टेम्बर १ देखी ३ सम्म क्षे्त्रिय कृषी अनुसन्धान केन्द्र लुम्लेमा सम्पन्न भएको हो । नेपालका चर्चित समाजशास्त्री तथा बिभिन्न पदिय हैसियतमा रहेका समाजबिद्ध सहित भारतिय समाजशास्त्री एवं प्राध्यापकहरु तथा जापानको प्राध्यापक पनि प्रतक्ष उपस्थित थिए भने नर्वे , युके, अमेरिका र नेपालका बिभिन्न स्थानबाट समेत समाजशास्त्री अध्यताहरुले आआफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली समाजको अध्यान अनुसन्धान र बिश्लेषणका साथै समाजशास्त्रको अभिबृृद्धी गर्ने हेतुले सञ्चालित सो कार्यशालामा समाज बिज्ञानका स्वदेशी तथा बिदेशी बिद्धानहरुबाट नेपालको २०४६ देखीको राजनैतीक परिर्वतन, आम्दोलन, जनयुद्ध तथा जनआम्दोलन र अन्य सामाजिक आम्दोलनको बिकास प्रक्रियाबारे छलफल,बिश्लेषण गर्न मञ्च प्रदान गरिने छ ।
पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र तथा ग्रामिण बिकास बिभागसगको सहकार्य र गण्डकी बिश्वबिद्यालयको सक्रियतामा भएको थियो । सो कार्यक्रममा राज्य पुनर्र्संरचना र त्यसले पारेका प्रभावहरुबारेमा समेत कार्यशालामा छलफल भएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रम आयोजक संस्था नेपाल समाजशास्त्र संघका अध्यक्ष प्रा डा गणेशमान गुरुड।ले समाजशास्त्रीहरुले आफ्नो सिप सोच र बिद्यत्वलाई समाजबिकास र समाजशास्त्रको उन्नतीमा लगाउनुपर्ने बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

