१३ तस्बिरमा हेरौं ‘झलमल्ल पोखरा’
पाेखरा | भदौ २०, २०८०
पाेखरा: पर्यटकीय नगरी पोखरा यतिबेला झलमल्ल बनेको छ ।
पोखरा महानगरपालिकाले ‘उज्यालो पोखरा अभियान अन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकमा जडान गरिएका हाइमास्ट र स्मार्ट सडकमा बत्तीले पोखरालाई झलमल्ल बनाउको हो ।
महानगरले महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार ७ वटा स्मार्ट सडक बत्ती र २३ चोकमा हाइमास्ट जडान गरेको छ । त्यसको विधिवत शुभारम्भ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरे ।
जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाट र १२० वाटका स्मार्ट बत्ती छन् । सडक बत्ती जडान अयोजनाको लागत रु १४ करोड ६५ लाख छ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा छ ।
स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने विश्वास लिइएको छ ।
तस्बिरहरु:-











पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

