पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेको कार्यक्रम गरेर माघे सक्रान्ति मनाइँदै छ । पोखराको ढुङ्गेसाँघुमा माघे सक्रान्तिको अवसरमा मेला नै लागेको छ । ढुङ्गेसाँघु स्थित सेती नदीमा स्नान गर्न भक्तजनको भीड लागेको छ । नदीमा स्नान गर्न गएका भक्तजनहरुलाई स्थानीय आमा समुहले घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खुवाएका छन् । थप तस्बिरहरु:-
कास्की: धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् । उत्तरतिर लस्करै देखिने हिमश्रृङखला र आतिथ्यताले पाहुनाहरु पुलकित हुन थाल्छन् । यो पर्यटकीय राजधानी पोखराको छिमेकी पालिका माछापुच्छ्रे गाउँपालिकाको ह्याङ्जाकोट गाउँ हो । जहाँ २०६४ सालदेखि सामुदायिक होमस्टे सञ्चालनमा छ । २० घरदेखि सुरु भएतापनि बसाइँसराइँका कारण हाल १ दर्जन घरले होमस्टे सञ्चालन गर्दै आएका छन् । जुन गाँउ प्रकृति र संस्कृतिमा निकै धनि छ । कसरी जाने ? पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस गाउँसम्मै पक्की सडकको सुविधा छ । सिमपानी, याम्दी, हेम्जाको मिलनचोक, मेलबोट झिझिर्का, धितालबाट हुँदै ह्याङ्जाकोट पुग्न सकिन्छ । अधिकांश गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा करिब ५० घर रहेको छ । तर, १२ घरमा मात्रै होमस्टे सञ्चालनमा छ । करिब ८० जना पाहुना राख्ने क्षमता भएको यस होमस्टेमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ प्याकेजको व्यवस्था छ । हेर्नुहोस्, थप तस्बिर:
रसुवा: नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको हो । बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावरहाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको छ। तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
काठमाडौँ: मंगलबार बिहान रसुवामा एक्कासि आएको बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ। बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन् । दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता भएका हुन् । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) मा शोभा न्यौपाने पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । टेवानको बिहीबार पोखरामा भएको चौंथो अधिवेशनबाट पाण्डेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा कमला गिरी, उपाध्यक्षमा अनिता खड्का भट्टराई, महासचिवमा शोभा अधिकारी पौडेल, सचिवमा शान्ता सुवेदी तिमिल्सिना र कोषाध्यक्षमा शारदा लम्साल निर्वाचित भएकी छिन् । संस्थाको वरिष्ठ सदस्यमा कमला गुरुङ, सदस्यहरुमा मिना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की निर्वाचित भएको नि।अध्यक्ष गिरीले जानकारी दिइन् ।
पोखरा: कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ हो घान्द्रुक । जुन निकै लोकप्रिय गन्तव्यहरुको लिस्टको अग्रभागमा पर्ने ठाउँ हो । आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने यो गाउँ प्रकृति र संस्कृतिमा धनि छ । सुनगाभाको लेन्सबाट घुम्नुहोस् ‘घान्द्रुक’ :-
आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । साेही नव वर्षको पहिलो दिन विन्ध्यवासिनीमा पूजापाठ गर्न भक्तजनको घुँइचो देखिएकाे छ । तस्बिरहरु:-
पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे । होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गते सम्म चल्ने छ । यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितका विशाल झाँकीसहितका र्याली सभास्थलमा पुगेका थिए । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव तिनै दुई स्थल विचको सडकमा संचालन हुने छ । पंचैवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण हुन् । महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहेको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहेका छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन् । अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए । प्रमुख अतिथि एवं महानगर प्रमुख आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताए । पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे । पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि संभव रहेको बताए । उनले पोखरामा पर्यटन सम्वन्धि लगानी र ब्राण्डहरु थपिंदै गएको र यो सुखद पक्ष भएको सुनाए । होटल संघ नेपालका केन्द्रिय सदस्य एवं आयोजक संघको सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा तालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जलगतिविधि संचालन गर्न सकिने सुझाव राखे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र महिला संजाल वडा ६ कि अध्यक्ष बबिता मल्लले पनि भनाई राखेका थिए । एसके डान्स ट्रेनिङका कलाकारले सो अवसरमा नाच देखाएका थिए । प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहेका छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहेका छन् । हेर्नुहोस् तस्बिर:-

