अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।   तस्...

कास्की:   पर्यटकीय राजधानी पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् ।   चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् ।    यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ ।    कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्गमा यस वर्षको सिजन सुरु भएसंगै पर्यटक पुग्न थालेका छन् । कोर्चाङ पुग्न विभिन्न रुटहरु छन् ।    ग्रेट माछापुच्छ्रे ट्रेल अन्र्तगत पर्ने खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ ।     पोखरादेखि मिर्सासम्म यातायातको व्यवस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ ।    त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । यस्तै अर्काे रुट लुम्रे क्षेत्रबाट भने, सिधैं कोर्चाङ जान सकिन्छ । जुन ३ हजार ६ सय ८३ मिटर उचाइमा छ ।      कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृंखलाको अवलोकन र प्राकृतिक सौन्दर्यतासँग पीरति साट्न सकिन्छ ।    तस्बिर: राकेश थापामगर/सुनगाभा न्यूज                      

पोखराको फेवातालमा यही १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म हुने दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।     नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताका टेक्निकल टिम कोडिनेटर निमबहादुर मगरले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।   अहिले मगर  नेतृत्वको टोली फेवातालमा प्रतियोगिताको अन्तिम तयारीका लागि जुटिरहेको छ ।    उनले भोलि बेलुकीसम्म सबै तयारी पूरा हुने बताए ।      उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहने छ ।   गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद रु.५ हजार डलर (नेपाली करिब ६ लाख  ७९ हजार रुपैयाँ), उपविजेताले नगद रु.२ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु(५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार पाउनेछन् ।       थप तस्बिरहरु:-                       

पोखरा महानगरपालिकाको समन्वयमा कोइका र युएनडिपीको सहयोगमा पोखरा महानगरपालिका १५ को ६० विपन्न परिवारलाई फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण गरिएको छ ।    पोखरा महानगरपालिका भित्रका १ सय ३६ वटा टोलमा दिने योजना  अन्तर्गत आज पोखरा १५ को ६० विपन्न परिवारलाई २/२ थान डस्टबिन प्रदान गरेको हो ।   उक्त तालिमको उद्घाटन पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले गरे  उनले सो अवसरमा बोल्दै फोहोरलाई मोहोरमा बदल्ने तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे ।   उनले फोहोर व्यवस्थापनमा स्थानीयले पनि तदारुपता देखाउनुपर्ने बताउदै उक्त तालिम व्यवहारमुखी भएको धारणा राखेका थिए ।     सो कार्यक्रममा वडाध्यक्ष बानियाँसँगै कार्यपालिका सदस्य मन्दिरा परियार लगायत करिब १ सय जना स्थानीयहरुको सहभागिता रहको थियो ।   युएनडिपीले अघि सारेको उक्त योजना  अन्तर्गत भोलि वडा १२ मा पनि तालिमसहित डस्टबिन प्रदान गर्नेछ ।   

पोखरा​:   हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा पोखराको सेती नदीको रामघाट, तुलसीघाटमा भक्तजनको घुइँचो लागेको छ । भक्तजनहरुले सेती नदी किनारास्थित रामघाट, तुलसीघाटमा गङ्गा स्नान, दिप एवं मादी प्रज्वलन, फूलको डोली, छत्र तथा तोरण बन्धन गरेका छन् ।  कात्तिके ठूलो एकादशीका नामले प्रसिद्ध हरिबोधनी एकादशीको अवसरमा बिहान तुलसीको पूजा गरी विवाह गरिदिने प्रचलन छ । नदीको एक किनारबाट अर्को किनारसम्म बाबियोको डोरीको तोरण बनाएर एकादशीको दिनमा नदी तारेमा परिवारमा सुख शान्ति हुने र पितृहरूको वैकुण्ठमा बास हुने धार्मिक विश्वास समेत रहेको छ ।        थप तस्बिरहरू:-                      

पोखरा:   रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गरेका छन् ।   लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा शान्तिपूर्ण धर्ना बसेका हुन् ।   उनीहरुले आज भने कुनैपनि नाराबाजी गरेनन् ।   ‘रवि दाई हाई हाई’,  न्याय मार्न पाइदैन, मानव तस्करहरुलाई कारबाही गर, भ्रष्टहरुलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइदैन भ्रष्ट सरकार चाहिदैन’ लगायत नारा उल्लेखित प्लेकार्ड प्रर्दशन गरेका थिए ।   हिजो (मंगलबार) तेस्रो पटक कास्की जिल्ला अदालतले  रवि लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।   थप तस्बिरहरु:-                    

पोखरा:  बडा दशैंपछि तिहारलाई विशेष प्राथमिकताका साथ मान्ने गरिन्छ । विशेषगरी दशैंमा गाउँघरमा चहलपहल हुन्छ भनेऽ तिहारमा शहरमा ।    दिदिबहिनीको हातबाट दाजुभाइहरुले टिका ग्रहण गरेर भाइटिका मनाइने प्रचलन रहेको छ ।    तिहारमा विभिन्न रङका बत्तिहरुले घरलाई सजाइने हुदाँ बत्तिको पर्व पनि भन्ने गरिन्छ । तिहारको समयमा पोखरामा देखिएको झिलिमिलीलाई सुनगाभा न्यूजले तस्बिरमा कैद गरेको छ ।   सुनगाभा न्यूजको लेन्सबाट हेरौं, झिलिमिली पोखरा:-                    

पोखरा:  नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मानिने तिहारको अवसरमा पोखराका विभिन्न चोक चोकमा देउसी भैलोको रौनक देखिएको छ ।   बालबालिकादेखि पाका उमेर समूहका टोलीहरु पोखराको हरिचोक, ट्याक्सीचोक, जिरो, लखनचोक, दीप, छोरेपाटन, अमरसिंहचोक लगायतका क्षेत्रमा मौलिक तथा आधुनिक किसिमबाट देउसी भैलो खेलिरहेका छन् ।   कतै ठुला, कर्कश आवाजमा भड्किलो पाराले देउसी खेलिरहेका छन् भने, कतै मौलिक रुपमा मादल, पञ्जेबाजा बजाएर देउसी खेलिरहेका छन् ।     पोखरा क्षेत्रमा भाइटिकाको दोस्रो दिनसम्म देउसी खेल्ने प्रचलन भएपनि बुटवल क्षेत्रमा भने हरिबोधनी एकादशीको दिनसम्मै भैलो खेल्ने गरिन्छ ।   पछिल्लो समय लोकसंस्कृति झल्कने देउसी भैलो भन्दा भड्किलो देउसी भैलो मौलाएको छ । यसले संस्कृतिमा संरक्षणको सट्टा विकृती बढ्दै जाने प्रष्ट देखिन्छ ।   थप तस्बिरः-                            

पोखरा महानगरपालिका -९ प्रदर्शनी केन्द्रमा यतिबेला आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशीक पुष्प मेला जारी छ ।    हरेक वर्ष तिहारको संघारमा हुने पुष्प मेलामा विभिन्न प्रकारका फूल तथा विरुवाहरु उपलब्ध हुँदैं आएको छ ।   मेलामा फूलको विक्री वितरण मात्रै नभएर व्यवसायीहरुले पुष्प तथा सजावट गर्ने प्लान्ट र विरुवाहरुको प्रवद्र्धन गर्दै आएका छन् ।   घर तथा परिसर सिंगार्न लोभिनेहरुका लागि यो मेला विशेष छ ।    सोमबारदेखि सुरु भएको उक्त मेला यही १६ गतेसम्म सञ्चालन हुनेछ । मेलामा दुई दर्जन बढी स्टल छन् ।   जहाँ विभिन्न प्रजातीका फूल तथा प्लान्टले आफ्नो जवानी देखाइरहेका छन् । पुष्प मेलामा फक्रिरहेका फूलहरु घर–घरमा सजिन तयार छन् ।   हेर्नुहोस् तस्बिर:–                          

नेकपा (एमाले) कास्कीले पोखरामा पर्वलक्षित शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।   पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा आज सभागृहमा शुभकामना आदानप्रदान गरेको हो ।   हेर्नुहोस् तस्बिरहरु:-