पोखरा १५: फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण
पाेखरा | पुस ४, २०८१
पोखरा महानगरपालिकाको समन्वयमा कोइका र युएनडिपीको सहयोगमा पोखरा महानगरपालिका १५ को ६० विपन्न परिवारलाई फोहोरलाई मोहोरमा बदल्ने तालिमसहित डस्टबिन वितरण गरिएको छ ।
पोखरा महानगरपालिका भित्रका १ सय ३६ वटा टोलमा दिने योजना अन्तर्गत आज पोखरा १५ को ६० विपन्न परिवारलाई २/२ थान डस्टबिन प्रदान गरेको हो ।
उक्त तालिमको उद्घाटन पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले गरे उनले सो अवसरमा बोल्दै फोहोरलाई मोहोरमा बदल्ने तालिमले सार्थकता पाउने विश्वास व्यक्त गरे ।
उनले फोहोर व्यवस्थापनमा स्थानीयले पनि तदारुपता देखाउनुपर्ने बताउदै उक्त तालिम व्यवहारमुखी भएको धारणा राखेका थिए ।

सो कार्यक्रममा वडाध्यक्ष बानियाँसँगै कार्यपालिका सदस्य मन्दिरा परियार लगायत करिब १ सय जना स्थानीयहरुको सहभागिता रहको थियो ।
युएनडिपीले अघि सारेको उक्त योजना अन्तर्गत भोलि वडा १२ मा पनि तालिमसहित डस्टबिन प्रदान गर्नेछ ।
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

