पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेक...

पोखरा:   यो वर्षका लागि शाहसिक पदयात्रामा निस्कने समय अब सकिनेवाला छ ।   गर्मीयामको सुरुवात हुनलागेसँगै अहिले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात भएको छ । र ट्रेकिङ रुटहरु अहिले हिउँले सिंगारिएको छ ।   समुन्द्री सतहबाट करिब ४ हजार १ सय मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प यतिबेला सेताम्मे बनेको छ ।   शाहसिक पदयात्रामा रम्न र हिउँ खेल्न मन पराउनेहरुका लागि अहिले अन्नपूर्ण बेस क्याम्प (एबिसी) निकै उपयुक्त देखिएको छ ।      ३६० डिग्रीमा भ्यू हेर्न पाइने यस ठाउँबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे हिमालका साथै ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्डको नेत्रभोजन गर्न सकिन्छ ।   तर यसका लागि कम्तिमा ५ दिनको समय आवश्यक छुट्याउनुपर्ने हुन्छ ।    कसरी पुग्ने एबिसी ?   पोखराबाट मत्क्युसम्म सवारी साधनमा यात्रा गर्न सकिन्छ । त्यसपछि पदयात्रा सुरु हुन्छ ।   तपाईंको हिँड्न सक्ने क्षमता कति छ भन्ने कुराले तपाइको बसाई कहाँ हुन्छ भन्ने निर्धारण गर्छ ।  प्रायजसो पर्यटक पहिलो रात छोम्रोङमै बिताउछन् ।    अर्काेदिन बिहानै उठेर सिनुह्वा, ब्याम्बु हुँदैं हिमालय या देउरालीसम्म पुग्न सक्नुहुन्छ । यो यात्राभर तपाइले प्राकृतिक सौन्दर्यता र अग्ला अग्ला हिमालहरुसँग आँखा जुधाउदै यात्रामा रमाउन पाउनुहुन्छ ।   दोस्रो दिन हिमालय या देउराली बसेर तेस्रो दिन माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सक्नुहुन्छ । जहाँ खान र बस्नका लागि उचित व्यवस्था रहेको छ ।    अहिले हिउँ परेको भएकाले पानी नछिर्ने बुट वा ग्रिपका लागि जुत्तामा लगाउन मिल्ने क्ल्याम्पर बोकेर जानु उपयुक्त हुन्छ ।   हेर्नुहोस्,  पत्रकार गिता रानामगरको लेन्सबाट हिउँले सिंगारिएको अन्नपूर्ण बेस क्याम्प:-                    

पोखरा:  पोखराको गन्धर्व नाटकघरमा यतिबेला ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ ।   पद्याप्रेम थिएटरको प्रस्तुतिमा नाटककार केदारनाथ पौडेलद्वारा लिखित एवम् कपिल शर्माद्वारा  निर्देशित नाटक यही माघ २७ गतेसम्म चल्नेछ ।    नाटकको मुख्य पात्रका रुपमा दिलप्रसाद गुरुङलाई देख्न सकिन्छ । यस्तै विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमना कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन बिक र अभिषेक भुसालको अभिनय हेर्ना पाइन्छ ।      गैह्रापाटनको गन्धर्व थ्रिएटरमा गत बिहीबारदेखि सुुरु नाटक हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे पनि नाटक मञ्चन हुनेछ ।   नाटकमा नेपाली ग्रामीण समाज, त्यहाँका किसान र उनीहरूका वास्तविक भोगाइलाई समेटिएको छ । यसलाई रोमाञ्चक बनाउन हास्यब्यङ्ग्यले दरिलो साथ दिएको छ । जसका कारण करिब १ घण्टा १५ मिनेट लामो यो नाटक सकिएको पत्तो हुदैन ।   थप तस्बिर:-                        

पोखरा:  कास्कीका केही पदमार्गहरु यतिबेला चर्चामा छन् । पोखरादेखि कम समयमा हिउँ खेल्न र शाहसिक पदयात्रामा रम्न चाहनेहरुका लागि रोजाईमा पर्छ कोरी ।   कोरीसँगै खुमै, मर्दी, र अन्नपूर्ण आधार शिविर (एबिसी) पनि पर्यटकको सेडुअलमा पर्ने गन्तव्य हुन् । उल्लेखित यी पदमार्गहरु कास्कीका लोकप्रिय पदमार्ग हुन् ।    मादी गाउँपालिकामा पर्ने कपुचे ताल र कोरी पदमार्ग पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य हो । जहाँबाट माछापुच्छ्रे लगायतका धेरै हिमश्रृङ्लाको नेत्रभोजन गर्न सकिन्छ ।   कोरी पदमार्गको प्रवद्र्धनमा स्थानीय पर्यटन व्यवसायीको हात छ । यद्यपी स्थानीय सरकारको पनि नगन्य मात्रामा सहयोग छ ।   कुनै बेला भेडाहरुले हैकम जमाएको खर्कमा अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । उ बेलाको भेडी खर्क अहिले पर्यटकीय गन्तव्यको रुपमा लोकप्रिय बनेको छ ।    समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरी यतिबेला हिउँले सिंगारिएको छ । पर्यटन व्यवसायी धन बहादुर गुरुङका अनुसार कोरीमा स्केटिङसमेत खेल्न सकिन्छ ।    थप तस्बिर:                       तस्बिर: धन बहादुर गुरुङ (माहिला दाई, नमस्ते गेष्ट हाउस)  

पोखरा:  आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान जारी छ ।    बिहानैदेखि सुरु भएको मतदानमा गण्डकी प्रदेशमा तीन सिटका लागि दुई मतदान केन्द्रमा मतदान भइरहेको छ ।   बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म तोकिएको छ ।  गण्डकी प्रदेशमा रिक्त हुने तीन सिटमा ४  दलका ८ जना उम्मेदवार रहेका छन् ।       गठबन्धनबाट अन्यतर्फ गोरखाका किरणबहादुर श्रेष्ठ, अपांग/अल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी छिन् । श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी हुन् ।    नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् ।    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठ उम्मेदवार छन् भने अपांग/ अल्पसंख्यङ्यकतर्फ राप्रपाले उम्मेदवारी दिएको छैन । गण्डकीमा २ सय ३० जना मतदाता रहेका छन् ।    थप तस्बिरहरु:                        

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दानआदि गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेको कार्यक्रम गरेर माघे सक्रान्ति मनाइँदै छ । पोखराको ढुङ्गेसाघुमा माघे सक्रान्तिको अवसरमा मेला नै लागेको छ । ढुङ्गेसाघु स्थित सेती नदीमा स्नान गर्न भक्तजनको भीड लागेको छ ।  नदीमा स्नान गर्न गएका भक्तजनहरुलाई स्थानीय आमा समुहले घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार खुवाएका छन् ।    सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।    फोटो फिचर ​                                             ​                          

पोखरा:   ३०२ औँ पृथ्वी जन्मजयन्तीको अवसरमा पृथ्वीनारायण शाहलाई विभिन्न कार्यक्रम गरी राप्रपाले सम्झिएको छ ।   राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष रविन्द्र मिश्रले पोखरा १८ स्थित शहीद पार्कमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै सम्झिए ।   यस्तै पोखराको लखनचोक (पृथ्वीचोक)  मा शाहको सम्मानमा हाइमास्ट बत्तीको पोलमा पृथ्वीनारायण शाहको तस्वीर ठड्याइएको छ ।    राप्रपा कास्कीको आयोजनामा भएको कार्यक्रममा ब्राह्मण समाज, क्षेत्री समाज, ठकुरी समाज लगायतको सहभागिता रहेको थियो ।   सभा अघि अमरसिंह लगायत विभिन्न चोकबाट ¥याली निकालिएको थियो ।     तस्वीरहरु:                    

पोखरा:  बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ सम्पन्न भएको छ ।   शनिबार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको फेस्टिबलमा उदीयमान गायिका प्रजिना,  पोखरेली स्रिजल विक्रम भण्डमारी (श्रीगो) र उवदीत गायक जोन चाम्लिङ राईले प्रस्तुती दिए ।    १७ वर्षे पोखरेली श्रीगोले पहिलो पटक आफ्नै शहरमा स्टेज चढ्दै सांगितिक यात्रा प्रारम्भ गरे । उनको पहिलो गीत ‘हराएको माया’ चङ्गा प्रोडक्सनले सार्वजनिक गरेको थियो ।     त्यसपछि एकाएक युवा पुस्तामाझ  लोकप्रिय बन्न पुगेका श्रीगोले आफ्नो करिअरको पहिलो स्टेज शो पोखरामै गर्ने योजना बुनेका थिए ।    सोही अनुरुप चङ्गा प्रोडक्सनले पोखरखामा पहिलो पटक म्युजिक एन्ड आर्ट फेस्टिबल आयोजना गरेको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए ।   उनका अनुसार सो फेस्टिबलमा नेपालको क्लाेथिङ ब्राण्ड हुबाले रनवे (फेशन शो) सहित आफ्नो प्रमोसन गरेको थियो ।     सबै तस्बिर: नविन श्रेष्ठ                      

पोखरा:    पोखराका गुरुङ (तमु) समुदायले पुरानो वर्षलाई बिदाई गर्दैै नयाँ वर्षलाई स्वागत गर्दैै ल्होसार पर्व मनाएका छन् ।   गुरुङ (तमु) समुदायहरुले पुस १५ लाई तमु ल्होसारको रुपमा मनाउँदै आएका छन् ।    आजबाट विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागत गर्दै ल्होसार पर्व मनाएका हुन् । ल्होसार पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।      गुरुङहरुको कुल १२ ‘ल्हो’ वर्गहरुमध्ये गिद्ध (मुप्रिल्हो), सर्प (सप्रिल्हो),घोडा (तल्हो), भेँडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा(च्यल्हो), कुकुर (खिल्हो), मृग (फोल्हो),मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो), बिरालो (ह्यूल्हो) वर्ग छन् । गुरुङ (तमु) क्यालेन्डर अनुसार प्रत्येक वर्षको पुस १५ मा वर्ग परिवर्तन हुन्छ ।    आजदेखि बिरालो वर्गको विदाई भयो भने,, गिद्ध वर्गको सुरुवात भएको छ ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।   तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले एकताको सन्देश दिने गरी ल्होसार पर्व मनाउन लागेको बताए ।    ‘हामीले पुस १५ लाई ल्होसार पर्वको रुपमा भब्यताका साथ मनाउँदै आएका छौं, यसवर्ष पनि ल्होसार पर्व मनाउँदै छौ’, अध्यक्ष गुरुङले भने, ‘मानव सभ्यताको विकाससँगै तमुहरुको सांस्कृतिक विकाससँगै ल्होसार पर्व मनाउँदै आएका हौ ।’   उनले ल्होसार पर्वको अवसरमा रानीपौवाबाट झाँकी ¥यालीसहित तमु धिं नेपालको प्राङ्गणमा गएर औपचारिक कार्यक्रमसँगै परम्परागत खेलकुद लगायतका कार्यक्रममा जोडिने बताए ।    सुरेन्द्र गुरुङले सम्पूर्ण गुरुङ जातिहरुलाई एकतामा बाध्न ल्होसार पर्व मनाउन थालेको बताए ।  उनले ल्होसार/ल्होछार जे भनेपनि एकाताको सन्देशसहित नयाँ वर्षको सुरुवात भएको उल्लेख गरे ।    तस्बिरहरु:                  

पोखरा:   नेकपा (एमाले)ले यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि संकल्प यात्राको टोली आज कास्कीबाट लमजुङ प्रस्थान गर्दै छ । कास्कीमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई जिल्ला कमिटी कास्कीले स्वागत गरेको छ ।    मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली नवौं दिनमा कास्कीबाट दिउँसो लमजुङ पुग्ने छ ।   हेर्नुहोस् थप तस्बिर:-