पोखरा महानगर पालिका वडा नं २० मा मासिक/साप्ताहिक दौड अन्तर्गत विद्यालयस्तरीय छात्र/छात्रा ५ र ३ किमि दौड यहि चैत्र २९ गते शनिबार हुने भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा उक्त दौड आयोजना हुन लागेको मञ्चका अध्यक्ष दिलबहादुर गुरूङले जानकारी दिएका हुन् । सो दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको हो । पोखरा महानगर पालिका भित्र रहेका ३३ वटै वडामा मासिक/साप्ताहिक दौड आयोजना गर्ने गरी मञ्चले आफ्नो योजना अघि बढाएको सो कार्यक्रमका संयोजक तेज बहादुर गुरूङले जनाएका छन् । उनले भने–“यो हाम्रो मात्रै पहलले हुँदैन यसमा विशेष गरी पोखरा महानगरपालिका, सरोकारवालाहरु, विद्यालयहरु विभिन्न संघ संस्थाहरुको सहकार्य आवश्यक छ । स्वस्थ्य नागरिक उत्पादनका लागि दौड संस्कृतिको विकास र खेलाडी उत्पादन यसमा जोडिएको महत्वपूर्ण विषय हो ।” मञ्चले पोखरालाई दौडै दौडको शहरमा अघि बढाउन तथा यूवा खेलाडी उत्पादन हेतु विगत तीन महिना देखि निरन्तर विद्यालयस्तरीय छात्र÷छात्रा दौड आयोजना गर्दै आएको छ । पोखरा रंगशालामा सम्पन्न तीन संस्करणको दौडमा विभिन्न विद्यालयका करिव ३ हजार भन्दा बढिको सहभागिता भइसकेको छ । वडा नं २० भलाममा आयोजना हुने उक्त प्रतियोगिताले त्यस क्षेत्रको पहिचान बनाउन समेत योगदान पुग्ने बताउँदै दर्ता खुल्ला गरिएको मञ्चले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा बुधबार थाइल्याण्डको सेनाद्वारा गार्ड अफ अनर सम्मान गरिएकाे छ । तस्बिरहरू:-
मुस्ताङ: बसन्त ऋतुको सुरुवातसँगै घुमफिरको समय पनि सुरु भएको छ । प्रकृति र संस्कृतिमा धनि गण्डकी प्रदेशमा घुम्नलायक ठाउँहरु प्रशस्तै छन् । हिमाल पारीको जिल्ला मुस्ताङपनि धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो । जसलाई अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोटमा पनि घुम्नै पर्ने उत्कृष्ट स्थानमध्ये मुस्ताङलाई पनि समेटेको थियो । तिब्बतको ढोकामा अवस्थित मुस्ताङ हिमाली पदयात्रा र मुक्तिनाथ दर्शनका लागि प्रसिद्ध स्थान हो । मुस्ताङमा सबैखाले रिसोर्टहरु उपलब्ध रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु सञ्चालनमा रहेका छन् । पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन् । साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ । मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो । यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ । थप तस्बिर:-
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र बसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले सिंगारिएको छ । घोडेपानी क्षेत्रमा लालीगुराँस फुलेपछि मनमोहक बनेको छ । विशेषगरी चैत–बैशाखमा गुराँस फुल्ने भएकाले यतिबेला पर्यटकीय गतिविधिसमेत बढेको छ । पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धवलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । नेपालमा ३२ प्रजातिका लालीगुराँस पाइन्छन् भने स्थानीयका अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ । अहिले लालीगुराँससँग पिरती साट्न जाने पर्यटकको सँख्या ह्वाट्टै बढेको छ । घोडेपानी म्याग्दी र कास्कीको विरेठाटी हुँदै जान सकिन्छ । तस्बिरहरू:-
पोखरामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको आयोजनामा आज (बिहीबार) देखि ‘वाडा अटो शो २०२५’ सुरु भएको छ । अमरसिंहचौरमा आजदेखि सुरु भएको ‘वाडा अटो शो’ आगामी १७ गतेसम्म सञ्चालन हुनेछ । उक्त ‘शो’मा विभिन्न १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहेका छन् । थप तस्बिरमा ‘वाडा अटो शो’:-
पोखरा: पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि भएको स्ववियु निर्वाचनमा विजयी भएपछि अनेरास्ववियुले र्याली गर्दै उत्सव मनाएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो विरासत कायम गर्दै सभापति विष्णु पोखरेल नेतृत्वको प्यानल नै विजयी बनेको हो । अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै सभापतिमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी नेविसंघका सुशील न्यौपानेले ५०३ र स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत प्राप्त गरिन् । यस्तै सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै विजयी भएकी थिइन् । गत १० गते भएको मतदानमा कुल २ हजार ८ सय ९६ मत खसेको थियो । थप तस्बिर:-
पोखरा: कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने लगायतलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेशानुसार रिहा भएका छन् । उनको अन्तिम मेडिकल चेकजाँच फिस्टेल अस्पतालमा गरिएको थियो । उनीसँगै रिहा भएका पूर्व डिआइजी छविलाल जोशी पनि थिए । मेडिकल जाँचपछि आफ्ना समर्थकलाई मुस्कुराउँदै धन्यवाद दिदैं बाहिरिएका थिए । लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तस्बिरहरु:
पोखरा: बोधि श्रवण धर्म संघ –नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि ‘विश्व शान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/धर्म आध्यात्मिक पूजापाठ प्रार्थना' कार्यक्रमको आयोजना गर्दैछ । आगामी २६ गतेसम्म उक्त पूजापाठ चल्ने छ । उक्त कार्यक्रमपूर्व निकालिएको र्यालीमा बच्चादेखि वृद्धासम्म उनका अनुयायीहरु देखिएका छन् । खाली खुट्टामा सहभागि साे र्यालीमा केही चिनियाँ नागरिकपनि देखिएका छन् । तस्बिरहरु:
त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा शनिबार आयोजना गरेको ५० औँ दीक्षान्त समारोहमा सहभागीहरु । तस्बिर सौजन्य: प्रधानमन्त्रीको सचिवालय/रासस

