पोखरा: हिन्दू धर्मशास्त्र अनुसार साउनलाई धर्मकर्मको महिना मानिन्छ । जुन शिवजीको महिना भनेर मानिने साउन महिना आजदेखि सुरु भएको छ । साउनको सूरु दिनमै सोमबार परेकाले आजको दिनलाई विशेष पुजाआरधना गरी मनाइदैछ । र यो महिनाभर शिवको पूजा गर्ने र ब्रत बस्ने गरिन्छ । यो समयमा शिवजीको पुजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहदै आएको छ । त्यसैले यो महिनाको सोमबार ब्रत बसेको खण्डमा परिवारमा सुख शान्ति छाउने विश्वास पनि रहिआएको छ । पार्वतीले साउन महिनाभरी निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती रहेको हुनाले महिलाहरूले यस महिना र सोमबारलाई बढी महत्व दिन्छन् । साउन सुरु भएसँगै पोखरा महानगरपालिका १ बगरस्थित गाईघाटको माहोललाई सुनगाभा न्यूजको लेन्सबाट कैद गरेका छौं । तस्बिरहरु:
पोखरा: पोखराको न्यूरोडको मुहार फेरिएको छ । सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोपेपछि मुहार फेरिएको हो । भिडियाे: आज (सोमबार) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गरे । वृक्षारोपण पश्चात बोल्दै मेयर आचार्यले स्मार्ट सडक बत्तीसहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण इक्सोरा प्रजातिको बिरुवा लगाइएको धारणा राखे । उनका अनुसार डिभाइडर भरी करिब ८ सय बिरुवा लगाइने छ । बिरुवाको संरक्षणका लागि स्थानीयहरूसमेत जिम्मा दिएको बताए । ‘विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन, प्रमुख आचार्यले भने, ‘बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ । अब कसैलाई छुट दिइने छैन त्यसकारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सबैमा अनुरोध छ ।’ उनले परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको बताउदै राम्रो रिजल्ट आएको खण्डमा अन्य स्थानमा पनि लगाइने बताए । पोखरामा उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगेको छ । पोखराका अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ । थप तस्बिरहरु:
पोखरा: पोखरा महानगरपालिका मापडण्ड विपरितका संरचना हटाउने भन्दै एक्सनमा उत्रिएको छ । महानगरको सूचना पश्चातपनि अटेरी गरेका पृथ्वी राजमार्ग अन्तर्गत पोखरा रंगशाला गेट अगाडिदेखि विजयपुर खोलासम्म (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको हो । भिडियाे: पोखरा महानगरपालिकाले दुइवटा डोजरको प्रयोगमा आज (सोमबार) देखि मापडण्ड विपरितका ति संरचना हटाउन सुरु गरेको महानगरका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको थियो । यद्यपी उनीहरुले ति संरचना नहटाएपछि एक्सनमा उत्रिनुपरेको बताए । उनका अनुसार स्थायी–अस्थायी गरी ६० भन्दा बढी संरचनामा डोजर चल्नेछ । यद्यपी कहिलेसम्म सकिन्छ भन्नेबारे ऐकिन छैन । ‘आजबाट संरचना हटाउन सुरु गरेका छौ, गर्दै जाउँ कति दिन लाग्छ,’ मेयर आचार्यले भने । उनले बाटोका लागि एडीबीको टिम पर्सि आउने बताउदै भने, ‘त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तारको तनहुँ तिरबाट हुदै आएको छ भने पोखरातिरबाट पनि सुरु गरिएको मेयर आचार्यले सुनाए । उनका अनुसार उक्त सडक गरेर ४ लेनको बन्नेछ । तस्बिरहरू:
पोखरा: आज असार १५ अर्थात २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव देशभर ‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि,धान उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ मनाइएको छ । पोखरा पर्यटन परिषद्ले १८ वर्षदेखि मनाउँदै आएको रोपाइँ महोत्सव यसवर्ष पोखरा महानगरपालिका १३ कसेरीमा २० औं राष्ट्रिय धान दिवसको अवसरमा १८ औं असारे रोपाइँ महोत्सव आयोजना ग¥यो । परिषद्ले आयोजना गरेको १८ औं असारे रोपाइँ महोत्सवमा स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरुले समेत असारे रोपाइँ महोत्सवमा सहभागिता जनाए । नेपालीहरुलाई कृषि उत्पादनमा जोड्न र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित परिषद्ले प्रत्येक वर्ष असारे रोपाइँ महोत्स गरेको जनाएको छ । रोपाइँ महोत्सवका अवसरमा पोखरेलीसँग आन्तरिक तथा बाह्य पर्यटकहरुले कसेरीमा फाँटमा एकआपसमा असारे हिलो छ्यापछ्याप गरे असारे रोपाइँ महोत्सवमा मनाएका छन् । तस्वीरमा हेरौं
पोखरा: लुम्बिनी प्रदेशको रुकुम र रोल्पा क्षेत्रमा मनाइने भूमे पर्व पोखरामा पनि पहिलोपटक धुमधामकासाथ मनाइएको छ । रुकुमेली एकता समाजले पोखरा महानगरपालिका ५ मा आज (शुक्रबार) धुमधामकासाथ भूमी पुजाको आयोजना गर्दै भूमे पर्व मनाएको हो । रुकुमेली एकता समाजका अध्यक्ष लयनकुमार सुनारका अनुसार असार १ गते मुख्य रुपमा मनाइने भए पनि जेठ पूर्णिमादेखि नै स्थानीय भाषामा ‘नोकोबांगे’ नाचसहित भूमि पूजा गरिन्छ । उनले पुख्र्यौली थलोमा जस्तै पोखरामा पनि भुमी पुजा गर्दै पर्व मनाएको बताए । ‘यो पुजालाई विशेष पर्वकै रुपमा पोखरामा पनि मनाएका छौ, अध्यक्ष सुनारले भने, ‘यसले पश्चिमेली समुदायबीचको आपसी सद्भाव कायम गर्ने मात्र नभएर एक आपसमा चिनजानको वातावरण पनि मिलेको छ । त्यसैले यो कार्यक्रमलाई निरन्तरता दिने छौं ।’ प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुम क्षेत्रका मगर समुदायको पर्व भनिए पनि त्यहाँ बसोबास गर्ने सबै समुदायले मनाउने गर्दछन् । पोखरामा मनाइएको सो पर्वमा पोखरा आसपासका जिल्ला तनहुँ, स्याङ्जामा बसोबास गर्ने रोल्पाली र रुकुमेलीहरु पनि सहभागी थिए । भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेशले रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ । थप तस्बिर:
स्याङ्जा: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भवन उद्घाटन गर्न हेलीकप्टरमा स्याङ्जा पुगेका छन् । ओलीले शुक्रबार कुल ५ करोड ६४ लाख ४२ हजार ८ सय ६२ रुपैयाँ लागतमा निर्मित आँधीखोला गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । तस्बिर: गीता रानामगर
तस्बिर: गिता रानामगर
पोखरा: पोखरामा सोमबार साँझ परेका वर्षाले जलमग्न भएको छ । सोमबार साँझ परेको वर्षाले पोखराको पृथ्वीचोक, महेन्द्रपुल लगायतका बजारका सडक जलमग्न भएको छ । सडक जलमग्न हुँदा पैदल यात्रुहरु एक अर्काको सहयोगमा सडक पार गरेका छन् । हेरौं तस्वीर:
मुस्ताङ: अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ । अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको छ। नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ। हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको छ । तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् । पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ । मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो। यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ। तस्बिर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज

