पोखरामा मनाइयो भूमे पर्व (फोटो कथा)

पाेखरा | असार १, २०८०

पोखरामा मनाइयो भूमे पर्व (फोटो कथा) PHOTO COURTESY: BIKAS MAGAR

पोखरा:  लुम्बिनी प्रदेशको रुकुम र रोल्पा क्षेत्रमा मनाइने भूमे पर्व पोखरामा पनि पहिलोपटक धुमधामकासाथ मनाइएको छ ।
 

रुकुमेली एकता समाजले पोखरा महानगरपालिका ५ मा आज (शुक्रबार) धुमधामकासाथ भूमी पुजाको आयोजना गर्दै भूमे पर्व मनाएको हो ।
 

रुकुमेली एकता समाजका अध्यक्ष लयनकुमार सुनारका अनुसार असार १ गते मुख्य रुपमा मनाइने भए पनि जेठ पूर्णिमादेखि नै स्थानीय भाषामा ‘नोकोबांगे’ नाचसहित भूमि पूजा गरिन्छ ।

 

 

उनले पुख्र्यौली थलोमा जस्तै पोखरामा पनि भुमी पुजा गर्दै पर्व मनाएको बताए ।  

‘यो पुजालाई विशेष पर्वकै रुपमा पोखरामा पनि मनाएका छौ, अध्यक्ष सुनारले भने, ‘यसले पश्चिमेली समुदायबीचको आपसी सद्भाव कायम गर्ने मात्र नभएर एक आपसमा चिनजानको वातावरण पनि मिलेको छ । त्यसैले यो कार्यक्रमलाई निरन्तरता दिने छौं ।’

 

प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुम क्षेत्रका मगर समुदायको पर्व भनिए पनि त्यहाँ बसोबास गर्ने सबै समुदायले मनाउने गर्दछन् ।

 

पोखरामा मनाइएको सो पर्वमा पोखरा आसपासका जिल्ला तनहुँ, स्याङ्जामा बसोबास गर्ने रोल्पाली र रुकुमेलीहरु पनि सहभागी थिए ।
 

भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेशले रुकुम पूर्व र रोल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

 

थप तस्बिर:

 

 

 

 

 

झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।   मृत्यु हुनेमा मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ...

थप पढ्नुहोस्

काठमाडौँ:  नेपाल प्रहरीका दुईजना एआईजीको विभाग हेरफेर भएको छ ।   अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ ...

थप पढ्नुहोस्