आँखैमा झलझली खुमै (फोटो फिचर)

कास्की | फागुन १४, २०८०

आँखैमा झलझली खुमै (फोटो फिचर)

कास्की:   पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् ।

 

चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् । 

 

यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ । 

 

कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्ग अन्तरगत पर्ने खुमैडाँडा यतिबेला हिउँले ढपक्क ढाकिएको छ र सेताम्मे बनेको छ ।

 

पदयात्रामा रम्नका लागि यो वर्षको सिजन अब सकिनेवाला छ । त्यसैले हिउँ खेल्न र लालिगुँरास हेर्नका लागि खुमैडाँडा उपयुक्त मानिन्छ । पर्यटकलाई सेवा सुविधाका दिनका लागि खुमैडाँडामा नयाँ ४ होटल थपिएसँगै अहिले ७ वटा होटल सञ्चालनमा छ । तर कोर्चाङमा भने होटलको व्यवस्था छैन । 

 

स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखरादेखि तातोपानी खारपानी हुदैं मिर्सासम्म यातायातको व्यस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ  भने (अर्काे रुट) घाचोक हुदैं पनि जान सकिन्छ ।

 

जुन समुद्री सतहबाट ३ हजार २ सय ४५ मिटरको उचाइमा रहेको छ । 

 

त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । जुन ३ हजार ६ सय ८२ मिटर उचाइमा छ । ​ कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृङलाको नेत्रभोजन र प्राकृतिक सौन्दर्यतासँग पिरती गाँस्न पाइन्छ । 

तस्बिरः राकेश मगर /अर्जुन गाहा सुशान्त (सुनगाभा न्यूज)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्