१३ तस्बिरमा हेरौं ‘झलमल्ल पोखरा’

पाेखरा | भदौ २०, २०८०

१३ तस्बिरमा हेरौं ‘झलमल्ल पोखरा’

पाेखरा:  पर्यटकीय नगरी पोखरा यतिबेला झलमल्ल बनेको छ ।

 

पोखरा महानगरपालिकाले ‘उज्यालो पोखरा अभियान अन्तर्गत’ पोखराका मुख्य–मुख्य चोकमा जडान गरिएका हाइमास्ट  र स्मार्ट सडकमा बत्तीले पोखरालाई झलमल्ल बनाउको हो ।

 

महानगरले महानगरभित्रको ६० किलोमिटर मुख्य सडकमा २ हजार ७ वटा स्मार्ट सडक बत्ती र २३ चोकमा हाइमास्ट जडान गरेको  छ । त्यसको विधिवत शुभारम्भ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरे ।  

 

जसमध्ये ऊर्जा दक्षतायुक्त  ९० वाट र १२० वाटका स्मार्ट बत्ती छन् । सडक बत्ती जडान अयोजनाको लागत रु १४ करोड ६५ लाख  छ । सडक बत्तीको डिजाइन आयु ५० हजार घण्टा छ ।
 

स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने विश्वास लिइएको छ । 
 

तस्बिरहरु:-
 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

थप पढ्नुहोस्

काठमाडौं: संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा गरिएको गडबडी छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन भएको छ । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमाल...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्य...

थप पढ्नुहोस्