नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

काठमाडाैं | भदौ २०, २०८०

नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा तस्बिर फाइल

काठमाडौं:    आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । 


मलेसियामा आज नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेता बन्यो । आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो ।


तर, खेल हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् । दुई देशको समान ९/९ अंक भए पनि युएई नेटरन रेटमा अघि रहेकाले समूह विजेता भयो । यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका थिए ।


नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।


प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । यो खेलको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्