पहिरोले डडेलधुरा–दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध

डोटी | भदौ २४, २०८०

पहिरोले डडेलधुरा–दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध फाइल तस्बिर

डोटी: पहिरोका कारण डडेलधुरा–दिपायल जोड्ने डा. केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरो खसेपछि गएरातिदेखि गाडी चल्न नसकेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ।

 

डडेलधुरा, अछाम, बाजुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग बन्द हुँदा ती क्षेत्रमा हुने आवतजावत रोकिएको छ । लगातारको पहिरो र वर्षाका कारण सडक सञ्चालनमा ल्याउन समस्या भएको छ । सडक बन्द हुँदा गाडी र यात्रु बाटोमै रोकिएका छन् ।

 

शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेम रावलका अनुसार यो सडकमा अरु बेला पनि पहिरो जाँदा यात्रु र गाडी चालक मर्कामा पर्दै आएका छन् । सडक विभागका अनुसार बाढी–पहिरोबाट अरु तीन वटा राष्ट्रिय राजमार्ग लामो समयदेखि बन्द छन् । तानसेन–रिडी–कोरला सडक पहिरोका कारण विगतदेखि नै बन्द छ ।

 

त्यस्तै, तमोर करिडोरअन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझीटारमा रहेको हेवाखोलामा अवरुद्ध रहेको छ । गएको असार ४ गतेको भेलबाढीले सडक कटान गरेपछि सञ्चालनमा आउन सकेको छैन । 

काठमाडौं:   २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...

थप पढ्नुहोस्

तनहुँ:   तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी न...

थप पढ्नुहोस्