पहिरोले डडेलधुरा–दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध
डोटी | भदौ २४, २०८०
फाइल तस्बिर
डोटी: पहिरोका कारण डडेलधुरा–दिपायल जोड्ने डा. केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरो खसेपछि गएरातिदेखि गाडी चल्न नसकेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ।
डडेलधुरा, अछाम, बाजुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग बन्द हुँदा ती क्षेत्रमा हुने आवतजावत रोकिएको छ । लगातारको पहिरो र वर्षाका कारण सडक सञ्चालनमा ल्याउन समस्या भएको छ । सडक बन्द हुँदा गाडी र यात्रु बाटोमै रोकिएका छन् ।
शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेम रावलका अनुसार यो सडकमा अरु बेला पनि पहिरो जाँदा यात्रु र गाडी चालक मर्कामा पर्दै आएका छन् । सडक विभागका अनुसार बाढी–पहिरोबाट अरु तीन वटा राष्ट्रिय राजमार्ग लामो समयदेखि बन्द छन् । तानसेन–रिडी–कोरला सडक पहिरोका कारण विगतदेखि नै बन्द छ ।
त्यस्तै, तमोर करिडोरअन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझीटारमा रहेको हेवाखोलामा अवरुद्ध रहेको छ । गएको असार ४ गतेको भेलबाढीले सडक कटान गरेपछि सञ्चालनमा आउन सकेको छैन ।
पोखरा: होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...
पोखरा: थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...
पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

