पोखरामा यू–२३ एमेच्युर फुटसल कप हुने
पाेखरा | भदौ २५, २०८०
पोखरा: पोखरामा असोजको तेस्रो साता पहिलो संस्करणको सिक्स ए साइड यू–२३ एमेच्युर फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतिभावान र उदीयमान खेलाडीलाई लक्षित गरी आगामी असोज २३ र २४ गते पोखरामा राजकुमार श्रेष्ठ (फुटबल रेफ्री) को नेतृत्वमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता समूहले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । यस्तै प्रतियोगिताबाट
सर्बाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित २ हजार र उत्कृष्त गोलरक्षकलाई ट्रफीसहित १५ सय रुपैयाँले पुरस्कृत गरिने छ ।
श्रेष्ठले नयाँ तथा प्रतिभावान खेलाडीलाई उत्पादनमा सघाउ पुर्याउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरेको बताए ।
उनका अनुसार हस्पिटलचोकस्थित पैयुम फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको छ ।
सो प्रतियोगितामा ए, बि, सी डिभिजन फुटबल र फुटसल लिग खेलेका यू–२३ खेलाडीहरुपनि सहभागिता जनाउन पाउने छैनन् ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

