एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडाैं | भदौ २५, २०८०
काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको माग गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । एन्फामा ८६ जना सदस्य रहेकोमा ४९ जना सदस्यले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गराएका छन् । कुल सदस्यको ४० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने र दुई तिहाइ बहुमतले अविश्वासको प्रस्ताव पारित गर्नुपर्ने हुन्छ ।
अविश्वासको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः बर्खास्तीमा परेको असन्तुष्ट पक्षको दाबी छ । अहिलेकै अवस्था रहेमा नेपाली फुटबल समाप्त हुने चिन्ताका कारण अविश्वासको प्रस्ताव दर्ता गराएको उनीहरूले बताएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता भएकै कारण आज सोमवारका लागि तोकिएको साधारणसभा अनिश्चित बनेको छ
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

