समीक्षा अधिकारीले ४ पेजविरुद्ध कास्कीमा दिएको उजुरी साइबर ब्यूरो पुग्यो

पाेखरा | भदौ २६, २०८०

समीक्षा अधिकारीले ४ पेजविरुद्ध कास्कीमा दिएको उजुरी साइबर ब्यूरो पुग्यो

पाेखरा: अष्ट्रेलियाले आफुलाई ‘कालो सूचीमा राखेको’ भन्ने भ्रामक खबर फैलाएको भन्दै कास्की निवासी गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको उजुरी साइबर ब्यूरो काठमाण्डौंमा पठाइएको छ । 

 

गायिका अधिकारीले भदौ १० गते जिप्रका कास्कीमा उक्त भ्रामक खबर फैलाउने ४ फेसबुक पेजविरुद्ध भ्रामक खबर फैलाएको र आफुलाई मानसिक यातना दिएकाले कानूनी कारवाही र पेज आइडी बन्द गरिपाउँ भनि निवेदन दिएकी थिइन् । 

 

नेपाल प्रहरीले साइबर ब्यूरोसम्बन्धित उजुरी जिल्लामै दर्ता गर्न सकिने व्यवस्था गरेपछि कास्कीको माछापुच्छ्रे निवासी अधिकारीले यहाँ निवेदन दिएकी थिइन् । 

 

निवेदन प्राप्त भएपछि प्रक्रियामा लैजान र आवश्यक अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्यूरो पठाइएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जनाएका छन् । यसबाहेक कास्कीमा साइबर ब्यूरोसम्बन्धित अन्य निवेदन नआएको प्रवक्ता विकले जनाए । 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्