‘माया बस्यो है’ म्युजिक भिडियो सार्वजनिक

काठमाडाैं | असार ६, २०७९

‘माया बस्यो है’ म्युजिक भिडियो सार्वजनिक


काठमाण्डौँ :       मोडल शाक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 

प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई  वृजेश श्रेष्ठले सङ्गीत संयोजन गर्नुभएको हो । राज पोख्रेलले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । ‘दिनरात सपना देख्छु, तिमीलाई नै सधैँ भेट्छु’, ‘ल है ल है, माया बस्यो है’, ‘तिम्रो साथ आइपुग्दा’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
 

अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गिरीको आधिकारिक च्यानल पवन गिरी ‘अफिसिएल’मार्फत् सार्वजनिक भएको छ ।  यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देऊ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।

 

निर्माण समूहले भिडियो हेरेर प्रतिक्रिया दिन दर्शकसँग आग्रह गरेको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्