पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध

मकवानपुर | असार ६, २०७९

पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध सांकेतिक तस्बिर


मकवानपुर :       गएरातिको वर्षासँगै खसेको पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अवरुद्ध भएसँगै यातायात सञ्चालन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

  

 हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दुरीको बाटो बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै पहिरो खसेको हो । आज बिहानदेखि उक्त पहिरो स्थानीय सरकार र सडक विभागबाट हटाउने कार्य भइरहेको सो इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । 
 
  

 हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ चल्ने सवारीसाधन अन्य बाटो भएर जाने व्यवस्था मिलाईएको छ । गत मङ्गलबार खसेको पहिराले उक्त सडकखण्ड आइतबार मात्र सञ्चालनमा आएको थियो ।  

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्