पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध

मकवानपुर | असार ६, २०७९

पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध सांकेतिक तस्बिर


मकवानपुर :       गएरातिको वर्षासँगै खसेको पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अवरुद्ध भएसँगै यातायात सञ्चालन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

  

 हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दुरीको बाटो बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै पहिरो खसेको हो । आज बिहानदेखि उक्त पहिरो स्थानीय सरकार र सडक विभागबाट हटाउने कार्य भइरहेको सो इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो । 
 
  

 हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ चल्ने सवारीसाधन अन्य बाटो भएर जाने व्यवस्था मिलाईएको छ । गत मङ्गलबार खसेको पहिराले उक्त सडकखण्ड आइतबार मात्र सञ्चालनमा आएको थियो ।  

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्