रोटरी क्लब अफ गण्डकीको हरितालिकासँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम

पाेखरा | भदौ २८, २०८०

रोटरी क्लब अफ गण्डकीको हरितालिकासँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम

पोखराः  रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खाने कार्यक्रमसँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

 

सामाजिक सेवामा क्रियाशिल रहेको रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्दै इनरह्वील सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । 

 

इनरह्वीलले तीनवटा उद्धेश्यलाई  आत्मसाथ गर्दे , ‘इनरह्वीलले साँचो मित्रतालाई प्रवद्र्धन गर्ने, व्यक्तिगत सेवा र क्षमता विकासको आदर्शलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय समझदारी र  भाइचाराको विकासलाई बढावा दिदैं आएको छ ।

 

इनरह्वील आन्दोलनका संस्थापक श्रीमती मार्गरेट गोल्डिङ, एक नर्स व्यवसायी महिला र म्यानचेस्टरकी पत्नी रोटेरियन, इनरह्वीलले आन्दोलन सुरु गरेका थिए ।

 

इनरह्वीलको  औपचारिक स्थापना इनरह्वील क्लब अफ म्यानचेस्टर १० जनवरी १९२४ मा सम्पन्न भएको थियो ।

 

अहिले १० जनवरीलाई विश्वभरका क्लबहरुले विश्व इनरह्वील दिवसका रुपमा मनाउँदै आएका छन् । रोटरी क्लबका सदस्यहरुका स्पाउस र नर्स पेशामा आवद्ध महिलाहरु द्धारा गठन गरिएको यस क्लबमा हाल १८ वर्ष उमेर पुगेका सबै महिलाहरु यस क्लबको सदस्यता लिन सक्ने इनरह्वील क्लब अफ गण्डकीका संयोजक शकुन्तला श्रेष्ठले जानकारी गराइन् ।

 

इनरह्वील क्लव गठन संगै रोटरीले स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवा गर्ने आर्दशलाई थप टेवा पुग्ने रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारे बताए । हाल संसार भर १०२ मुलुकमा  १ लाखभन्दा बढि सदस्यहरु यस क्लबमा आवद्ध रहेका छन । यो संसारकै ठुलो अन्तर्राष्ट्रिय  महिलाहरुको संस्था हो यस इनरह्वील क्लबले संयुक्त राष्ट्र संघमा समेत प्रतिनिधित्व गर्ने गर्दछ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्