अर्यालको प्रश्नपछि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे जवाफ दिन निर्देश
काठमाडाैं | असार ६, २०७९
काठमाडौं, प्रतिनिधिसभाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)का सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गर्नुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन निर्देश गर्नुभएको हो ।
सांसद अर्यालले भन्नुभयो, ‘‘मूल्यवृद्धि गरेर जनतालाई आहत बनाइएको छ । जनताको जीवन कष्टकर बनाइएको छ । एमाले टुलुटुलु हेरेर बस्न सक्दैन ।’’
यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ? उहाँले प्रश्न गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘मूल्यवृद्धि किन बढाइयो भन्ने विषयमा मन्त्रीले जवाफ दिनुपर्छ । मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन । आज नै जवाफ दिन मन्त्रीलाई रुलिङ गर्नको निम्ति माग गर्दछु ।’’
त्यसपछि सभामुख सापकोटाले मूल्यवृद्धिमा ध्यानाकर्षण भएको बताउनुभयो ।
‘‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ ।,’’ सभामुख सापकोटाले भन्नुभयो, ‘‘सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु । यस विषयमा सरकारलाई सत्यतथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

