‘लामाचौर कप’ उपाधिका लागि गण्डकी र पुलिस खेल्दै

पाेखरा | असोज १, २०८०

‘लामाचौर कप’ उपाधिका लागि गण्डकी र पुलिस खेल्दै तस्बिर फाइल

पोखरा:    पोखरा लामाचौरमा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । 


सोमबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा गण्डकीले पुलिसलाई ३–२ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । 


गण्डकी तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । कुल चार खेलबाट गण्डकीको ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । समान खेलबाट समान अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । सोमबारनै एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले हराएपनि फाइनल प्रवेशका लागि पर्याप्त हुन सकेन । 


एपिएफको कुल चार खेलबाट दुई जित दुई हार सहित ७ अंक रह्यो । मणिमुकुन्दको चारखेलबाट दुई जित र दुई हार सहित पाँच अंक रह्यो । गलकोट स्पोट्र्स क्लबको चार खेलबाट चार हारसहित अंकविहिन भयो । फाइनल खेल आजै हुनेछन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्