रक्सीले मातेका मजदुरहरुबीच झडप हुँदा एक जनाको ज्यान गयो
रूपन्देही | असोज २, २०८०
रूपन्देही: तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका–९ केउलानीमा झडप भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा होटलमा बसेर जाँड रक्सी खाइरहेका उनीहरुबीच विवाद भएको थियो ।
विवादका क्रममा एक जनाले चक्कु प्रहार गर्दा हेटौँडा घर भइ रूपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको ज्यान गएको हो । घाइते तीन जनाको उपचार भइरहेको छ भने चक्कु हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

