८४ सम्म अरु पार्टीमा नेता रहन्छन्, कार्यकर्ता रास्वपा भित्रन्छन्ः रवि लामिछाने
गोरखा | असोज २, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिबेला टिमसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा सक्रिय छन् ।
हालै रास्वपाले गोर्खाको गोर्खा नगरपालिका र पालुङटारमा सभाको आयोजना गरेको छ । सोही सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी चुनावसम्म ठूला भनिएका दलमा केवल नेतामात्र रहने बताएका छन् ।
‘सत्तामा रहेका र आफुलाई ठूला पार्टी भन्ने नेताहरु ०८४ सालसम्म कार्यकर्ताविहीन हुनेछन्’ लामिछानेले भने ‘उहाँका कार्यकर्ताहरु रास्वपामा आउनुहुनेछ, देशले पनि चाहेजस्तो रास्वपा देख्नुहुनेछ ।’
‘नगर नगरमा रास्वपा’ भन्ने कार्यक्रम लिएर सभापति लामिछानेसहित नेताहरु स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी र रास्वपा गण्डकी सभापति राजन गौतमले गोर्खापछि लमजुङ्को राइनासमा भेला गरेका छन् ।
लमजुङपछि तनहुँको भानु र बन्दीपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरु रास्वपामा जोडिन चाहेको बताउँदै लामिछानेले सीप र ज्ञानसहित रास्वपा ८४ को निर्वाचनमा जनतासामु आउने बताए ।
गण्डकीका ३ जिल्लामा भेला समापनपछि केन्द्रीय जनसम्पर्क विभागका सदस्य उत्तमप्रसाद पौडेलले असोजको २२ देखि २८ गतेसम्म मुस्ताङ, बागलुङ्, पर्वत, म्याग्दी र स्याङजामा भेला आयोजना गर्न तयारी थालेको जानकारी दिए ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

