क्यानडा तताउँदै ‘नेपथ्य’

पाेखरा | असोज ४, २०८०

क्यानडा तताउँदै ‘नेपथ्य’

काठमाडौँ:  सांगीतिक समूह नेपथ्यले पहिलो पटक क्यानडामा आफ्नो प्रस्तुति दिने भएको छ ।

 

आगामी अक्टोबर १ मा क्यालगरीको ‘दी प्यालेस थिएटर’, अक्टोबर ४ मा भ्यानकुभरको ‘दी भोग थिएटर’ र अक्टोबर ८ मा टोरन्टोको ‘म्यासी हल’ मा प्रस्तुत हुनेछ 

 

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेयता नेपथ्यले १६ देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ ।

 

तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

 

सांगीतिक टोलीमा ६ संगीतकर्मीसहित प्राविधिज्ञ र व्यवस्थापक गरी १४ जना सहभागी हुने नेपालयले जनाएको छ । स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने कार्यक्रमको टिकट अनलाइनबाट लिन सकिने र विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्