तुलसीपुर बसपार्कमा गाडी धनीमाथि मध्यरातमा खुकुरी प्रहार
काठमाडाैं | असोज ५, २०८०
दाङको तुलसीपुर बसपार्कमा मध्यरातमा एक जना गाडी धनीमाथि खुकुरी प्रहार भएको छ।
तुलसीपुर उपमहानगरपालिका– १३ बखरियाका ३४ वर्षीय रणदेव बस्नेतमाथि तुलसीपुर–५ बसपार्कमा खुकुरी प्रहार भएको हो। बस्नेत गाडी साहु हुन्। खुकुरी प्रहारबाट उनको हातको नाडीमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले बताए।
नाडीको नसा पनि काटिएको हुँदा घाइतेलाई राति नै थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी पोखरेलले जानकारी दिए। बस्नेतमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले घटनाको केहीबेरमै तुलसीपुर–१० राइखलियानका २८ वर्षीय राममणि चौधरीलाई नियन्त्रणमा लिएको थियो।
चौधरीले नै बस्नेतमाथि बसपार्कस्थित हिमालयन होटल नजिकै खुकुरी प्रहार गरेको बसपार्क प्रहरी इञ्चार्ज प्रहरी प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यले जानकारी दिए। घटनामा संलग्नमध्ये तुलसीपुर– ६ सुकौरा रोड बस्ने २७ वर्षीय नवीन परियारलाई शुक्रबार बिहान ११ बजेपछि घोराही उपमहानगरपालिका – १० नारायणपुरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक आचार्यले बताए।
घटना हुँदा नेपालीले मोटरसाइकल चलाएका थिए भने सोही मोटरसाइकलसहित उनी राति नै फरार भएको प्रहरीले बताएको छ।
बसपार्क इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक आचार्यका अनुसार खुकुरी प्रहार गर्ने चौधरी र गाडी धनी बस्नेतका बीचमा पहिले पनि चिनजान थियो। घटना हुनुभन्दा पहिले उनीहरूका बीचमा तुलसीपुरको पातुखोलास्थित अटोभिलेज क्षेत्रमा सामान्य भनाभन भएको थियो। जतिखेर दुवैले मदिरा सेवन गरेका थिए।
त्यसपछि गाडी साहु त्यहाँबाट बसपार्क आएका थिए। उनी होटल अगाडि बसिरहेको समयमा चौधरी मोटरसाइकलमा आएर ुपख तँलाईु भन्दै निस्किएका थिए। त्यसको केहीबेरपछि उनीहरू फेरि त्यहीँ आएर एकाएक खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनाविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ। तर, अहिलेसम्म पीडित पक्षबाट लिखित जाहेरी नआएको डिएसपी पोखरेलले बताए।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

