भारत एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा
काठमाडाैं | असोज ६, २०८०
काठमाडौं: भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो ।
एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरीयतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान फाइनलमा नपुगे पनि पहिलो स्थानमा थियो । भारत र अस्ट्रेलिया दुवैले एक नम्बर टोली बन्ने मौका पाएका थिए । अस्ट्रेलियालाई पराजित गरेसँगै भारत पहिलो नम्बरको टोली बनेको हो । योसँगै भारत क्रिकेटका तीन वटै फर्म्याटमा पहिलो बनेको छ ।
भारत टेस्ट र टी–२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ । यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो । यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो ।
अब अस्ट्रेलियाले यस शृङ्खलाका अर्को दुई खेल जित्दा पनि विश्वकप अघि आईसीसी वरीयतामा नम्बर १ टोली बन्न सक्नेछैन । तर यदि अस्ट्रेलियाले अर्को दुई खेल जित्यो भने पाकिस्तान र भारतको बराबरी अङ्क हुनेछ र पाकिस्तानी टोलीले फेरि आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टोली बन्नेछ ।
वरीयतामा नेपाल भने १५औँ स्थानमा छ । नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेकोमा दुवै खेलमा हार ब्यहोरेको थियो ।
मुस्ताङ: प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रप...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्...
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...

