सिटीवानको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक

नयाँ सरकारलाई अवसर छ, सघाउन तयार छौँ: मन्त्री पौडेल

पाेखरा | चैत १८, २०८२

सिटीवानको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक

 

पाेखरा ।    गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।

 

बुधबार सिटीवान टेलिभिजनको आयोजनामा भएको नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले दबाबमुक्त भएर काम गर्न सके जनतामा आशाको सञ्चार गराउन सकिने विश्वास व्यक्त गरे । 

 

विगतका सरकारलाई जस्तो दबाब समुहको प्रभाव वर्तमान सरकारलाई नभएको भन्दै सरकारले गर्ने  निर्णय र क्षमतामा आगामी यात्रा तयार हुने तर्क उनको छ । सरकारलाई सफल बनाउन आफ्नो ठाउँबाट सघाउने प्रतिवद्धता उनको छ ।

 

मन्त्री पौडेलले गण्डकी प्रदेश सरकारका मन्त्रालय मध्यबाट सबैभन्दा बढी आफ्नो मन्त्रालयबाट भएको दावी गरे। अ​र्को प्रसंगमा उनले आफ्नो मन्त्रालयले राजश्व सङ्कलनको मात्रा बढाएको र अझै बढाउने उल्लेख गरे ।

 

आफू निजी क्षेत्रबाट आएको व्यक्ति भएको कारण समेत प्रगति हासिल गर्न सहज भएको उनको भनाइ छ । लमजुङ उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी समेत रहेका उनले व्यवस्थापन पक्षलाई ध्यान दिँदा राजस्व सङ्कलनमा वृद्धि भएको दावी गरे ।


लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले सिटी वान टेलिभिजनले स्थापनाको छोटो समयमा गरेको काम लोकप्रियता गौरव गर्न लायक रहेको उल्लेख गरे । टेलिभिजन सञ्चालन गर्नको लागि सहज अवस्था नभएपनि सबै क्षेत्रलाई समेटेर काम गरेकोले आवाज बिहीनको आवाज र दृष्टिबिहिनको दृष्टि बन्न सफल भएको भन्दै उनले प्रसंशा गरे । 

 

पोखरा च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नयाँ सरकार निर्माण पत्श्चात निजी क्षेत्र उत्साहित रहेको भन्दै विगतमा कमीकमजोरीमा सुधार हुनुपर्ने बताए ।

 

पोखरा भ्रमण वर्ष २०२५ र २०२६  कार्य सम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले पर्यटन क्षेत्रको प्रमोसन र मार्केटिङमा टेलिभिजनले खेलेको भूमिकाको तारिफ गरे ।

 

नयाँ सरकारले केही गर्ने आशा देखाएकोले आउने दिन सुखमय बन्ने विश्वास उनको थियो । सबैले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने भन्दै २०८३ सालमा टेलिभिजनसँग  सहकार्य  गर्ने प्रतिवद्दता  समेत जनाए ।

 

लेखनाथ उद्योग वाणिज्य संघ उपाध्यक्ष विक्रम कर्माचार्यले यतिबेला डलरको रेटमा भएको वृद्धि र इन्धनको अभाव लगायतको कारण व्यवसाय क्षेत्रमा असर परेको बताए । अब सरकारले देशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

 

कार्यक्रममा पोखराका उद्योगि, व्यवसायी, शैक्षिक व्यक्तित्व, सञ्चारकर्मी टेलिभिजन सेयर सदस्य, शुभचिन्तक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

स्टार नेपाल मिडिया हब प्रा.लि.द्वारा सञ्चालित सिटीवान टेलिभिजनले वि‍.सं. २०७८ मंसिर २१ गतेदेखि नियमित प्रसारण सुरु भएको थियो ।

 

 टेलिभिजनले हरेक वर्ष क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।

 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्