शिक्षक घर फर्कँदै, छुटेको कक्षा बिदामा पढाइने
काठमाडाैं | असोज ६, २०८०

काठमाडौं: नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज (शनिबार) जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ ।
नेपाल सरकारसँग शुक्रबार भएको छ बुँदे सहमति महत्त्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौँ बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन् ।
विद्यालय शिक्षासम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासङ्घले यही असोज ३, ४ र ५ गते काठमाडौँमा आन्दोलन गरेको थियो । असोज ३ गते सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । ...
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामुहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका छ वटा लाखे नाच प्रदर्शन गरिएको थि...
पोखरा: पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका व...