सामूहिक करणी मुद्दामा फरार कंडेल १६ वर्षपछि पक्राउ
चितवन | असोज ९, २०८०
काठमाडौं: जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–८ गौरीगंज घर भएका ५८ वर्षीय अमरेश कंडेल हुन् ।
जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र सामूहिक करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गेरको हो ।
मादक पदार्थ सेवन गरी ललितपुर साविक ठैब गाविस–८ लिन्टिकल सेन्टर प्रालिको क्यान्टिनमा नास्ता बनाउने नाबालिगलाई २०६४ पुस ५ गते साँझ जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनले कैद भुक्तानका लागि कारागार कार्यालय चितवन पठाइएको छ ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

