इन्टर कलेज व्याण्ड कम्पिटिसनमा दर्शकलाई एनटिसीको निःशुल्क सिम
पाेखरा | असोज ९, २०८०
पोखरा: पोखरामा हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसन हेर्न जाने दर्शकलाई निःशुल्क सिम वितरण गरिने भएको छ ।
पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिता हेर्न जाने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरिने भएको हो । दर्शकले काटेको टिकटको आधारमा सिम वितरण गरिने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । सिम वितरणका लागि नेपाल टेलिकमले स्टल राख्ने उनको भनाई छ । सिममा व्यालेन्स कति हुन्छ भन्नेबारेमा भने नेपाल टेलिकमले निर्णय गरिसकेको छैन ।
प्रतियोगितामा करीब २५ टिमले प्रतिष्पर्धा गर्ने संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । फारम भर्ने क्रम सकिएर अहिले डिजिटल अडिसनका लागि व्याण्डहरुले पठाएको भिडियो हेरेर छनौट गर्ने काम भइरहेको उनले बताए । प्रतिष्पर्धाका लागि संघले यसअघि फारम भर्नका लागि आह्वान गरेको थियो ।
प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा कक्षा ८ देखि माथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको व्याण्ड सहभागि हुन पाउने प्रावधान रहेको छ ।
प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसनका लागि भिडियो पठाएका छन् । त्यहि भिडियोका आधारमा दोश्रो चरणका लागि व्याण्डहरु छनौट हुने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । त्यसमा छनौट भएकाहरु सेमीफाईनलमा प्रवेश गर्ने र फाईनल प्रवेशका लागि पुनः प्रतिष्पर्धा गर्नुपर्ने उनले स्पष्ट पारे । फाईनल राउण्डमा प्रवेश गरेकाहरुले गरेको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने उनले जानकारी दिए । उनका अनुसार व्याण्डहरुले कभर सङ्ग मात्रै गाए पुग्छ ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

