थाइल्यान्डमा राजदूतसँग टेवानको अन्तरक्रिया: पोखराको पर्यटन प्रवर्द्धनमा जोड

पाेखरा | असार २, २०८१

थाइल्यान्डमा राजदूतसँग टेवानको अन्तरक्रिया: पोखराको पर्यटन प्रवर्द्धनमा जोड

पोखरा:  पोखराको पर्यटन प्रबद्र्धनका लागि विदेश भ्रमणमा रहेका पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोलीले थाइल्यान्डस्थित नेपालको राजदूतावासमा अन्तरक्रिया सम्पन्न गरेको छ । 

 

पोखराको पर्यटन, पर्यटकीय गन्तव्य, पर्यटन व्यवसायी, स्थानीय सरकारलगायतले गर्नुपर्ने भुमिकाबारे सुझावलगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

 

सो अवसरमा बोल्दै नेपालका लागि थाइल्यान्डका राजदूत धनबहादुर ओलीले पोखराको आकर्षण प्रकृति भएकाले पोखराले आफ्नो प्राकृतिक सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

 

उनले भने, ‘प्रकृति भनेको नै पोखरा हो, यहाँको प्रकृतिमा रम्न पर्यटक पोखरा आउने हुन् त्यसैले प्रकृतिलाई जोगाउदै पोखराको पर्यटन प्रबद्र्धन गरिनुपर्छ’ । उनले कुनै समय पोखरा घुम्न पुगेको स्मरण गर्दै बिरामी व्यक्ति पनि स्वस्थ बनाउन सक्ने विशेषता पोखराको प्रकृतिमा भएको सुनाए । 
 

थाइल्यान्डको पर्यटकीय गतिविधि, सरकारले अपनाएको नीतिबारे जानकारी दिदै राजदूत ओलीले पोखराले आफ्नो स्थानीय रुपमा उत्पादित मौलिक खाना जोड दिनुपर्ने बताए । विदेशबाट प्रकृतिमा रम्न पुगेका पर्यटकलाई पोखराले आफ्नै मौलिक खाना खुवाउनुपर्ने उनले सुझाए । 
 

थाइ नेपाली संघका संरक्षक कुमार कार्कीले थाइल्याण्डमा पर्यटन प्राथमिकता भएजस्तै नेपालमा पनि पर्यटनको क्षेत्र उच्च प्राथमिकतामा हुनुपर्नेमा जोड दिए ।

 

उनले पोखरा घुम्नका लागि प्रवर्द्धनात्मक गतिविधिको खाँचो रहेको औल्याउदै पर्यटनको क्षेत्रमा थुप्रै अवसर रहेको सुनाए । 

 

गैरआवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष रविन्द्र बस्नेतले पर्यटनमा लगानीको आवश्यकता रहेको बताउँदै नेपालमा लगानी गर्ने वातावरण सुधार्नुपर्नेमा जोड दिए ।

 

उनले पोखराको पर्यटन प्रवर्द्धनात्मक कार्यमा सघाउने वाचा पनि गरे । थाइल्याण्डस्थित नेपाली राजदूतावासका प्रथम सचिव कुमार रेग्मीले पर्यटक भित्रिएसँगै पोखराले वातावरण सरसफाइमा ध्यान दिनुपर्नेमा सुझाव दिए ।

 

उनले सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था, सरसफाइ पर्यटकका लागि अति नै आवश्यक रहेको बताए । 

 

टेवानकी अध्यक्ष कमला गिरिले पर्यटकीय राजधानी घोषणा भएसँगै पोखरामा पर्यटकको संख्या बढाउनुपर्नेमा जोड दिइन् । उनले पोखरा प्राकृतिक मात्र नभएर आतिथ्यता र आत्मियताको शहर पनि रहेको बताइन् । पोखराको

 

प्रबद्र्धनका लागि थाइल्याण्डमा हुने कार्यक्रममा पोखराको प्रचारात्मक सामग्री राख्न पनि अध्यक्ष गिरिले आग्रह गरिन् । टेवानकी सचिव शोभा अधिकारी पौडेलले बैंककमा फस्टाएको पर्यटनजस्तै अब पोखराको पर्यटनलाई पनि राम्रो बनाउनुपर्ने दिइन् ।  

 

टेवान टोलीले पोखराको प्रवर्द्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री राजदूतावासलाई प्रदान गरेको थियो । १० दिने भ्रमणमा रहेको टेवानले थाइल्यान्डसँगै सिंगापुर र मलेसियामा पोखराको प्रबद्र्धन कार्यक्रम, भेटघाट गर्ने सचिव पौडेलले जनाइन् ।

 

महिला पर्यटन उद्यमी आबद्ध रहेको टेवानले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ पोखराको पर्यटन प्रवर्द्धन लागि स्थानीय, प्रदेशस्तरिय गतिविधि गर्दै आएको छ ।

काठमाडौं:   सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् ।  जेठ ४ गते बिहान ९ः२० बजे उनले सग...

थप पढ्नुहोस्

गोरखा:  गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाल्नुभयो । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाउनुभएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउन...

थप पढ्नुहोस्

काठमाडौं:  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...

थप पढ्नुहोस्