फुटसलमा एमएम एफसी टिम ‘ए’ च्याम्पियन
पाेखरा | असार २, २०८१
पोखरा: दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै आयोजना गरेको पहिलो संस्करणको फुटसल प्रतियोगितामा एमएम एफसी टिम ‘ए’ च्यामिपयन बनेको छ ।
न्यू एयरपोर्ट फुटसल खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा एमएम एफसी टिम ‘ए’ ले टिम एमएम एफसी टिम ‘बि’ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दे च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको टिम ‘ए’ ले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको एमएम एफसी टिम ‘बि’ ले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगितामा पोखरा महानगरपालिका १५ भित्रको कुल २१ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई मुख्य प्रायोजक फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीका सञ्चालक गंगा बहादुर खड्का, तथा पोखरा महानगरपालिका १५ का जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

