‘मिस टिन इन्टरनेसनल २०२६’ पोखरामा हुने, विजेतालाई १ हजार डलर पुरस्कार
वैशाख ८ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने
काठमाडाैं | बैशाख ४, २०८३
पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।
लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसनल २०२६’ को तयारी तिब्र पारिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
गतवर्षसम्म ‘मिस एसइई पोखरा’ को नाममा सञ्चालन हुँदै आएको यस प्रतियोगितालाई परिमार्जन गरी यस वर्षदेखि अन्तर्राष्ट्रिय स्वरूप दिइएको इभेन्ट्स फर यू प्रालिका निर्देशक तथा वरिष्ठ फेशन डिजाइनर विशाल गुरुङले जानकारी दिए ।
उनका अनुसार १३ देखि १८ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको यस प्रतियोगितामा अडिसनको झन्झट बिना नै सिधै दर्तामार्फत सहभागी हुन सकिने व्यवस्था मिलाइएको छ ।
प्रतियोगिताको दर्ता शुल्क १ सय रुपैयाँ र प्रशिक्षण शुल्क १५ हजार रुपैयाँ निर्धारण गरिएको उनले बताए ।
उक्त शुल्कमा एक जोडी डिजाइनर ड्रेस, फोटोसुट, भिडियोसुट, ग्रुमिङ कक्षाहरू र शैक्षिक भ्रमणसमेत समावेश गरिएको गुरुङले बताए ।
प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रियस्तरको ‘टिन ग्ल्याम वल्र्ड २०२६’ मा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । भने, १ हजार अमेरिकी डलर नगद पुरस्कार र लिटिल स्टेप सेकेन्डरी स्कुलमा उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्ने लिटिल स्टेपका फाउण्डर शेर बहादुर गुरुङले बताए ।
सौन्दर्य प्रतियोगितामा सह–प्रायोजकका रूपमा क्र्याब्स हाइपर पिग्मेन्टेसन, डिजिटल भोटिङ पार्टनरका रूपमा एभेन्टोज डटकम र मेकअप पार्टनरका रूपमा गुरुङ ब्युटी पार्लर रहेका छन् ।
इच्छुक सहभागीले आगामी वैशाख ८ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले) आगामी जेठ २ गते शनिबार लेकसाइडस्थित लेभल्स क्लबमा हुनेछ ।
गत वर्षको १० औं संस्करणमा प्रिन्सु गुरुङले उपाधिको ताज पहिरिएकी थिइन् । उनी भारतको कोचीमा भएको ‘टिन ग्ल्याम वल्र्ड २०२५’ मा सेकेन्ड रनरअप भइकी थिइन् ।
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...
पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

