हवाई भाडा बढ्यो
काठमाडाैं | असार ६, २०७९
काठमाण्डौँ : नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो ।
सङघले आज एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ । बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम रु १६ हजार ८०५ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर जम्मा रु ४ हजार १९५ पुगेको छ ।
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

