पोखरामा मंसिर पहिलो साता केपी ओली कप क्रिकेट प्रतियोगिता हुँदै, विजेताले ५ लाख पुरस्कार पाउने

पाेखरा | असोज १२, २०८०

पोखरामा मंसिर पहिलो साता केपी ओली कप क्रिकेट प्रतियोगिता हुँदै,  विजेताले ५ लाख पुरस्कार पाउने

पोखरा:   पोखरामा मंसिर पहिलो साता प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।


पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले पोखरा रंङ्गशालाको क्रिकेट मैदानमा ७ गतेदेखि १६गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको बताए । 


उनले एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा प्रतियोगिता गर्न लागिएको बताए । 


प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।


प्रतियोगितामा च्याम्पियन टोलीलाई पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले बताए ।

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘बेस्ट बलर’ २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद पाँच हजार पुरस्कार पाउने छन् ।


एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात् गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।


सङ्घीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर हुने प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित हुने एकेडेमीको भनाइ छ ।


पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए ।


एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुरु वर्ग र खेललाई माया गर्ने खेलप्रेमी आबद्ध रहेको बताइन्छ । सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्