शिव गुरुङ ‘भोटे’लाई गुपचुप खोज्दैछ कास्की प्रहरी
पाेखरा | असोज १६, २०८०
पोखरा: व्यवसाय र राजनीतिमा छलाङ मारेका ‘महेन्द्र भोटे’लाई कास्की प्रहरीले खोजी गरिरहेको छ ।
वास्तविक नाम शिव गुरुङ रहेको भोटे यसअघि प्रहरीको रेकर्डअनुसार आपराधिक पृष्ठभूमिबाट उदाएका हुन् ।
पोखरामा कुनैबेला ‘ग्याङस्टर’ रहेका भोटे पछिल्लो समय सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था धराशायी भई निक्षेपकर्ता ठगिएपछि सोही प्रकरणमा मुछिएका छन् ।
ग्याङस्टरबाट पर्यटन व्यवसायी भएका भोटे त्यसपछि नेकपा एमालेमा प्रवेश गरेपछि हाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन् ।
त्यस्तै, गत स्थानीय निर्वाचनमा उनी कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा समेत चुनाव लडेका थिए । यद्यपि, भोटे नेपाली कांग्रेसका देवीजंग गुरुङसँग पराजित भए । उनको स्थायी ठेगाना सोही गापाको वडा १० हो ।
यस विषयमा कास्की प्रहरीका उच्च अधिकारीसँग बुझ्दा ‘मिलाएर बुझ्नुहोस्’ भन्दै थप खुलाउन चाहँदैनन् । तर भोटेलाई पक्राउ गर्न वारन्ट जारी भइसकेको र सूर्यदर्शन सहकारीसँग सम्बन्धित अन्य जिल्लाको प्रहरीसँग समन्वय गरिएको सूचना प्राप्त भएको छ ।
आइतबार भोटेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । त्यसको सुइँको पाएपछि भोटे सम्पर्कवीहिन छन् । पोखरामा जारी एमालेको प्रथम गण्डकी अधिवेशनमा उनी देखिएका छैनन् ।
एमालेका एक जिल्ला नेताका अनुसार उनी गुरुङ वा अधिकारी कुनै गुटका पनि होइनन् । ‘कतैपनि खुलेको थाहा छैन, धेरथोर गुरुङ पक्षमा लागिएको देखिन्छ तर उनलाई जता फाइदा हुन्छन् उनै नेताको पछि लाग्छन्’ उनले भनेका छन् ।
प्रहरी स्रोतका अनुसार सूर्यदर्शन सहकारी प्रकरणमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइ हुन् ।
सन् २००५ मा उनका जेठा दाजु अनन्तबाबु राई हर्बाे इन्टरनेशनलमा कार्यरत रहँदा जिबीका ३ भाइ पाटनको लगनखेल एरियामा भाडामा बस्ने गर्दथे ।
उनै जिबी हाल काठमाण्डौंबाट सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक रहेका छन् । सहकारीबाट करिब १६ अर्ब रुपैयाँ हिनामिना भएको ठहरपछि भोटे पनि यस प्रकरणमा जोडिएका छन् । भोटेले ७ करोड बढी रकम चलाएको तर प्रक्रिया पुरा नगरेको पाइएको छ ।
यससँगै कास्की प्रहरीले भोटे जिबीको कनेक्सनबारे हाल अनुसन्धान गरिरहेको प्रवक्ता एवं डिएसपी श्रवणकुमार बिक बताउँछन् । पक्राउ पुर्जीबारे खुल्न नचाहेका डिएसपी बिकले ‘सबै विषयमा हाल अनुसन्धान चलिरहेको’मात्र बताएका छन् ।
यसैबीच, भोटेले उच्च अदालत पोखराबाट स्टे अर्डर ल्याएको एक पत्रकारले बताएका छन् । उनका अनुसार भोटेलाई फसाउन खोजिएको हुनसक्छ । सुनगाभा न्यूजले यस विषयमा स्वतन्त्र पुष्टी गर्न बाँकी छ ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

