सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ भारतीय सैनिक बेपत्ता

काठमाडाैं | असोज १७, २०८०

सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ भारतीय सैनिक बेपत्ता तस्बिर: सिक्किम एक्सप्रेस

सिक्किम:  पूर्वोत्तर भारतकाे टिस्टा नदीमा अचानक ठूलो बाढी २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् ।

 

टाइम्स अफ इन्डियाका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको हो ।

 

चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो। ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ।

 

ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ। बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुर्‍याएको छ।

 

टिस्टामा पानीको सतह बढेका भारतका तल्लो तटीय राज्यहरू र बंगलादेशमा पनि बाढी अलर्ट जारी गरिएको छ।  

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...

थप पढ्नुहोस्

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्