धादिङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

धादिङ | असोज १७, २०८०

धादिङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

धादिङ:  धादिङमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु भएको छ।

 

काठमाडौंबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख  ६४१३ नम्बरको ट्रकले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

 

मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठ छन्।

 

धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार उनीहरु बिहान ट्युसन पढ्न जाँदै थिए। बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

 

ट्रकका चालक रौतहटका अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेको एसपी मिश्रले जानकारी दिए।

 

घटनापछि मृतक बालकका आफन्तहरूले ‍सडक अवरूद्ध गरेका छन्। 

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्

काठमाडौं:    गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।   बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमु...

थप पढ्नुहोस्

पोखरा:  पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरा...

थप पढ्नुहोस्