आज विश्व पशु दिवस मनाइँदै
काठमाडाैं | असोज १७, २०८०
काठमाण्डाै: आज विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाइँदैछ ।
नेपालमा पनि जनावर संरक्षणका लागि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । दिवस मनाउनुको मुख्य उद्देश्य संसारभर रहेका सबै जनावरको अवस्था सुधार र सुधारका लागि प्रयास गर्नु हो ।
विश्व पशु दिवसमार्फत् पशु कल्याणका लागि मानिसलाई सचेत गराउनु हो । सन् १९२५ मा बर्लिनमा हेनरिक जिम्मरम्यानले उत्सव नै आयोजना गरेका थिए । त्यसपछि वर्षमा एक दिन विश्वव्यापी कार्यक्रमको रूपमा पशुलाई सम्मान गर्ने गरिन्छ ।
नेपालमा विभिन्न जनावरलाई देवीदेवताको रुपमा पुज्ने चलन छ । तिहारका पाँच दिन काग, कुकुर, गाई/गोरुलाई पूजा गरिन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्त्वपूर्ण मानिन्छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

