वडाको पत्रपछि बेपत्ता छन् ‘चिल बाजे’
खोजी गरिदिन आफन्तको आग्रह
पाेखरा | असोज १८, २०८०
पोखरा: पोखरामा आयोजना हुने साँस्कृतिक कार्यक्रम तथा र्यालीमा चिलको भेषमा देखिने क्याप्टेन सोलाल गुरुङ बेपत्ता भएका छन् ।
पोखरामा ‘चिल बाजे’ भनेर चिनिने क्याप्टेन सोलाल गुरुङ पोखरा महानगरपालिका १३ को पत्रपछि परिवार र आफन्तको सम्पर्क बाहिर पुगेका हुन् ।
वडाध्यक्ष किरण बरालद्वारा हस्ताक्षरित पत्र अनुसार पोखरा महानगरपालिका १९ निवासी अन्जना भण्डारीको नाममा उक्त जग्गा श्रेष्ता पुर्जा देखिएपछि घर खाली गराउन मागसहित अन्जना भण्डारीले वडा कार्यालयमा निवेदन दिएकी थिइन् ।
सोही निवेदनका आधारमा त्यसपछि वडा कार्यालयले सोलाल र उनको श्रीमती मनिषा घर्तीलाई पत्र पठाउदै ७ दिनभित्र घर खाली गराउन उर्दी जारी गरेको थियो ।
त्यसपछि चिल बाजे एकाएक परिवार र आफन्तको सम्पर्क बाहिर पुगेको तमु प्हे ल्हु संघ युवा केन्द्रीय समितिका अध्यक्ष शुक्रराज तमुले बताए ।
चिल बाजे निकटस्थ आफन्तका अनुसार सोलालको नाममा रहेको उक्त घर कान्छी श्रीमतीसमेत रहेकी मनिषा घर्तीले ललाई फकाई आफ्नो नाममा नामसारी गराएकी थिइन् ।
त्यसपछि उक्त घर अन्जनालाई बेचेको हुनसक्ने आफन्तको बुझाई छ । त्यसपछि मनिषा र सोलाल सम्पर्क बिहीन भएका हुन् ।
यद्यपी सोलाल मनिषाको पनि सम्पर्कमा नभएको आफन्तको बुझाई छ । सोलाले प्रयो गर्ने मोटरसाइकल र समाग्रीहरु घरै छाडिएका छन् ।
सोलाल एक महिनादेखि बेपत्ता भएपछि उनका आफन्तले चिल बाजेलाई खोजी गर्न प्रहरीलाईसमेत गुहारेका छन् ।
यस्तो छ वडाको पत्र

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

