खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए
पाेखरा | असोज २१, २०८०

पोखरा: पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल सकिएसंगै दोस्रो चरणका खेलहरु समेत सुरु भएका छन् ।
शनिबार भएको पहिलो खेलमा गन्नी फुटबल क्लबले आयोजक एट टु नाइनलाई २–० गोलअन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा नदीपुर एफसीले पसगाउँ समाजलाई ३–२ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो खेलमा रामघाट गुम्बाले म्याग्दी फुटबल क्लबलाई २–० ले पाखा लगायो । चौथो खेलमा भुजुङले नेभरमिटलाई २–० ले हरायो । पाँचौ खेलमा विवाईसी ३३ ले लोटसलाई ३–० ले हराउन सफल भयो । छैटौं खेलमा भ्रदकालीले जेम्स फुटबल क्लबमाथि ४–० को फराकिलो जित हासिल ग¥यो । सातौं खेलमा कमलपोखरीले रामघाट गुम्बा बी लाई टाइब्रेकरमा २–१ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
शनिबारको अन्तिम खेलमा गेमशालाले रामघाट गुम्बा ए लाई २–० गोलअन्तरले हरायो । भोलिबाट प्रिक्वाटरफाइनलका खेल सुरु हुनेछन् ।
प्रतियोगिता खेलाडीलाई आर्थिक सहयोग गर्नका लागि गरिएको हो । रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए ।
असोज १७ गतेदेखी सुरु भएको प्रतियोगिता २३ गते सम्पन्न हुनेछ । असोज १७ गते वर्षाको कारण खेल हुन नसकेपछि १८ गतेबाट सुरु भएको प्रतियोगिता व्यवस्थापक धनराज तामाङले जानकारी दिए । विजेताले नगद एक लाख रुपैयाँसंगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । प्रतियोगिताको उपविजेताले ६० हजार रुपैयाँसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको थियो ।
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...
काठमाडौं: नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...