खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए
पाेखरा | असोज २१, २०८०
पोखरा: पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल सकिएसंगै दोस्रो चरणका खेलहरु समेत सुरु भएका छन् ।
शनिबार भएको पहिलो खेलमा गन्नी फुटबल क्लबले आयोजक एट टु नाइनलाई २–० गोलअन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा नदीपुर एफसीले पसगाउँ समाजलाई ३–२ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो खेलमा रामघाट गुम्बाले म्याग्दी फुटबल क्लबलाई २–० ले पाखा लगायो । चौथो खेलमा भुजुङले नेभरमिटलाई २–० ले हरायो । पाँचौ खेलमा विवाईसी ३३ ले लोटसलाई ३–० ले हराउन सफल भयो । छैटौं खेलमा भ्रदकालीले जेम्स फुटबल क्लबमाथि ४–० को फराकिलो जित हासिल ग¥यो । सातौं खेलमा कमलपोखरीले रामघाट गुम्बा बी लाई टाइब्रेकरमा २–१ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
शनिबारको अन्तिम खेलमा गेमशालाले रामघाट गुम्बा ए लाई २–० गोलअन्तरले हरायो । भोलिबाट प्रिक्वाटरफाइनलका खेल सुरु हुनेछन् ।
प्रतियोगिता खेलाडीलाई आर्थिक सहयोग गर्नका लागि गरिएको हो । रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए ।
असोज १७ गतेदेखी सुरु भएको प्रतियोगिता २३ गते सम्पन्न हुनेछ । असोज १७ गते वर्षाको कारण खेल हुन नसकेपछि १८ गतेबाट सुरु भएको प्रतियोगिता व्यवस्थापक धनराज तामाङले जानकारी दिए । विजेताले नगद एक लाख रुपैयाँसंगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । प्रतियोगिताको उपविजेताले ६० हजार रुपैयाँसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको थियो ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

