सालका कडीसहित तीन पक्राउ

काठमाडाैं | असोज २१, २०८०

सालका कडीसहित तीन पक्राउ सांकेतिक तस्बिर

कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका– ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु गोदावरी नगरपालिका–८ का २८ वर्षीय मदन छेडाल छन् । 

 

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै पक्राउ गरेको हो । आज बिहान ४ बजे रु तीन लाख मूल्यका सालका कडी, ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो।

 

प्रहरीले घटनाको थप अनुसन्धान गरी कारबाहीका लागि सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाउने तयारी गरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए।


यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–८ का दोर्जे शाही ३० दशमलव ७५ क्यूफिट चिरान काठ र ८३ क्यूफिट गोलियासहित पक्राउ परेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ।

 


शाहीले आमफाँटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योगभित्रबाट काँचो सालका नौ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरासहित पक्राउ गरिएको  डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गौचरण चौधरीले बताए।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्