इजरायलमा ज्यान गुमाएकाको शव यथाशीघ्र ल्याउने संयन्त्रको निर्णय
काठमाडाैं | असोज २२, २०८०
काठमाण्डौ: परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी पछिल्लो द्वन्द्वमा परी ज्यान गुमाएकाको शव यथाशीघ्र ल्याउने निर्णय गरेको छ । त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय बैठकले गरेको हो । शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ ।
यस्तै, इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको छ । सरकारले हिजो परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्थामा कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कामहरु गर्ने छ ।
इजरायलको किबुज अलुमिम भन्ने ठाउँमा हमास समूहको आक्रमणबाट १० जना नेपालीको ज्यान गएको छ । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै, सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य भइरहेको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

